५ वर्षभित्रमा हुलाकी राजमार्ग बन्ने



काठमाडौं । तराईको मेरुदण्डको रुपमा रहेका हुलाकी राजमार्ग निर्माण गर्न नेपाल सक्रिय भएको छ ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा बनाउन खोजिएको हुलाकी राजमार्ग नेपाल सरकार आफै बनाउने प्रक्रियामा अगाडि बढेको हो ।

सरकारले नीतिगत निर्णय गरेर आफैले बनाउने निर्णय गरेमा २ महिना भित्रमा हुलाकी राजमार्गको निमार्ण प्रक्रिया अगाडि बढने आयोजनाका निर्देशक बलराम मिश्रले जानकारी दिए ।

‘हुलाकी राजमार्गको डिटेल प्रोजेक्ट रिर्पोट (डीपीआर) तयार भईसकेको छ, सरकारले आफैं बनाउने निर्णय गरेमा २ महिनाभित्रमा टेण्डर हुन्छ,’ मिश्रले क्लिमाण्डूसँग भने ।

हाल पहिलो चरणमा भारत सरकारको अनुदानमा १० र नेपाल सरकारको अनुदानमा ७ वटा सडक खण्डका करिब ८ सय किलोमिटर सडक निर्माण कार्य भईरहेको मिश्रले जानकारी गराए ।

पहिलो चरणका लागि भारत सरकारले ८ अर्ब रुपैयाँ दिएको छ । त्यसमध्ये थप ६ अर्ब रुपैयाँ अवश्क छ । गत बर्ष नेपाल सरकारबाट १ अर्ब ५० करोड रुपैयाँ उपलब्ध भएको थियो । अब थप ४ अर्ब ५० करोड रुपैयाँ आवश्यक भएको मिश्र बताउँछन् ।

‘बाँकी रहेका करिब १ हजार किलोमिटर सडक के गर्ने भनेर भर्खर म मन्त्रीसँग सल्लाह गरेर आइरहेको छु, भारतसँग नलिने मोटामोटी सहमति भईसकेको छ,’ मिश्रले भने ।

बाँकी दोश्रो चरणको सडक के गर्ने भनेर अलमलमा छौं, नेपाल सरकाले निर्णय गरेर दिएमा नेपाल आफैले बनाउने गरि काम अगाडि बढ्ने मिश्रको दाबी छ ।

दोश्रो चरणको सडक निर्माण गर्नका लागि ३५ अर्ब रुपैयाँ लाग्ने प्ररम्भिक अनुमान गरिएको छ । समयमा काम सूरु भएमा ५ बर्षभित्रमा हुलाकी राजमार्ग निर्माण सम्पन्न हुने मिश्रले दाबी गरे ।


क्लिकमान्डु