ब्याज आम्दानी १ अर्ब बढाउँदा नबिलको नाफा ३ अर्ब ६२ करोड



काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्ष ३ अर्ब ६२ करोड खुद नाफा कमाएको छ ।

वाणिज्य बैंकहरुमा नबिलले सबैभन्दा बढी नाफा कमाएको हो । नबिलले २८.८२ प्रतिशतले नाफा बढाएको छ । अघिल्लो वर्ष नबिलले २ अर्ब ८१ अर्ब नाफा गरेको थियो ।

नबिल बैंकले नाफामा २८ प्रतिशतले बढाउनको लागि ब्याज आम्दानी ५ अर्ब ४५ करोड गरेको छ ।

नबिलले एक वर्षको अवधीमा ब्याज आम्दानी १ अर्बले बढाएको देखिन्छ । अघिल्लो वर्ष नबिलको ब्याज आम्दानी ४ अर्ब ३२ करोड थियो ।

विदेशी मुद्राको कारोबारबाट ६४ करोड,कमिसनबाट ५ करोड तथा अन्य आयबाट ३ करोड कमाएको छ । अघिल्लो वर्ष विदेशी मुद्राको कारोबारबाट ५८ करोड कमाएको थियो ।
६ अर्ब १८ करोड चुक्ता पुँजी रहेको नबिलमा असार मसान्तसम्ममा १ खर्ब १८ अर्ब निक्षेप रहेको छ भने कर्जा लगानी ९१ अर्ब ४९ करोड रहेको छ ।

नबिलको एक वर्षको अवधीमा रिर्टन अन इक्युटी(आरओई)मा केही सुधार गरेको छ भने प्रति सेयर आम्दानी(इपिएस) न्यून घटेको छ ।

नबिलको आरओई २६.२८ प्रतिशत रहेको छ भने कर्जा इपिएस ५८ रुपैयाँ २४ पैसा रहेको छ ।  अघिल्लो वर्ष नबिलको आरओई २५.६१ प्रतिशत र इपिएस ५९ रुपैयाँ २७ पैसा रहेको छ ।

 


क्लिकमान्डु