सिद्धार्थ बैंकको नाफा १३ प्रतिशतले बढ्यो, आरओई घट्यो



काठमाडौं । सिद्धार्थ बैंकको नाफा १२.८ प्रतिशतले बढेको छ ।

बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०७३/ ७४ को वित्तीय विवरण अनुसार १ अर्ब ४१ करोड रुपैयाँ बैंकले नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकको नाफा १ अर्ब २५ करोड रुपैयाँ थियो।

१३ प्रतिशतले नाफा बढाउदा सिदार्थले ब्याज आम्दानी मार्फत २ अर्ब ६५ करोड रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष ब्याज आम्दानीबाट सिदार्थले २ अर्ब ११ करोड कमाएको थियो ।

६ अर्ब ६२ करोड चुक्ता पुँजी रहेको सिदार्थले असार मसान्तसम्ममा ७७ अर्ब ३१ करोड निक्षेप संकलन गरेको छ भने ६६ अर्ब कर्जा विस्तार गरेको छ । अघिल्लो वर्षको असार मसान्तमा सिदार्थको निक्षेप ६४ अर्ब ९३ करोड र कर्जा ५५ अर्ब ३५ करोड थियो ।

बैंकले पुँजी विस्तार अनुसार रिर्टन दिन सकेको वित्तीय विवरणमा देखिन्छ । अघिल्लो वर्ष २०.११ प्रतिशतमा रहेको रिर्टन अन इक्युटी(आरओइ) यो वर्ष १४.३० प्रतिशतमा घटेको छ ।
यस्तै बैंकको प्रति सेयर आम्दानी २१ रुपैयाँ ३९ पैसा रहेको छ ।


क्लिकमान्डु