एनआईसी एशिया बैंकको नयाँ शाखा कालिकोटमा



काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो ११७ औं शाखा कालिकोटको खडाचक्र नगरपालिका, वार्ड नं. १, मान्मामा खोलेको छ ।

उक्त शाखाको उत्घाटन खडाचक्र नगरपालिकाका मेयर जसि पाण्डे तथा कालिकोट उद्योग बाणिज्य संघका अध्यक्ष सुर्य बहादुर शाहीले संयुक्त रुपमा गरे ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको जनाएको छ ।


क्लिकमान्डु