काठमाडौंका मेयर विद्यासुन्दरले भने, -मन्त्रालय र अदालतले काम गर्नै दिएनन्



हामी निर्वाचित जनप्रतिनिधिहरुले धेरै काम गर्नु छ । तर, चाहाँदा चाहँदै पनि हामीले काम गर्न सकिरहेका छैनौं । यहाँनेर हाम्रा धेरै बाध्यताहरु छन् । अझै केही महिना हामी काम गर्न सक्दैनौं ।

स्थानीय तहले केही काम गर्न लाग्यो भने अदालतले तत्काल काम नगर्नु भन्दै स्टे अर्डर जारी गरिदिन्छ । मन्त्रालयले यस्तो काम त गर्न पाइँदैन भन्दै आदेश दिन्छ ।

हाम्रो उदेश्य काठमाडौं हेर्न लायकको बनाउने मात्रै होइन, बस्न लायक बनाउने पनि हो ।

हामी निर्वाचिन जनप्रतिनिधिहरुलाई तीब्ररुपमा काम गर्नुपर्ने छ । यस्तो अवस्थामा काम गरौं अदालत र मन्त्रालयको अबहेलना हुन्छ, काम नगरौंन त भन्दा जनमतको अबहेलना हुन्छ ।

मुख्यसचिवज्यू यहीँ हुनुहुन्छ, म उहाँलाई स्थानीय तहका विषयमा ऐन कानूनहरु छिटो बनाइदिनु पर्यो भनेर आग्रह गर्न चाहन्छु । होइन भने हामी काम गर्न सक्ने अवस्थामा छैनौं । हामी अधिकारबिहीन छौं ।

काठमाडौं महानगरले कही योजनाहरु बनाइरहेका छ । ती कार्यान्वयन गरेपछि यहाँको पर्यटन र होटल व्यवसाय फस्टाउँछ । हाम्रो चाहाना भनेको काठमाडौं साँस्कृतिक सम्पदा रहेको ठाउँमात्रै होइन । यो सहरलाई पर्यटकीय क्षेत्रकोरुपमा पनि विकास गर्नुपर्छ । अझ यहाँ जनसंख्या नियन्त्रण गर्ने होइन, देशभरबाट आन्तरिक पर्यटकहरु भित्र्याउनु पर्छ ।

क्लिन दि सिटी को अभियान केहीअघि बढेपछि हामी नो मास्क सिटी अभियान सुरु गर्छौं । अब मर्निङवाकमा जाँदा नाक, मुख छोपेर जानु पर्ने छैन ।

काठमाडौंलाई सुन्दर र सफा बनाउनका लागि हामीले क्लिन दि सिटी अभियान सुरु गरिसकेका छौं । यो अभियान सफल बनाउन त्यति सजिलो छैन । विभिन्न अफ्ठ्याराका बीचमा पनि हामीले अभियानलाई सफल बनाउन जनप्रतिनिधिहरु बिहानदेखि बेलुकासम्म खटिरहनुभएको छ । किनभने हामी असफल हुन्छौं भनेर डराएका छैनौं । सफलता चुम्नउन्मूख छौं ।

महानगरभित्रका धेरै निजी घरहरु भूकम्पले भत्काएको छ, धार्मिक तथा सांस्कृतिक सम्पदाहरु भत्काएको छ । तर, ती सम्पदा पुनर्निर्माण गर्ने अधिकार महानगरसँग छैन । के स्वाथ्र्यका कारण महानगरलाई बनाउन दिइरहेको छैन, मलाई थाहा छैन ।

सडकमा करोडौंका गाडी पार्किङ गर्ने साहूजीहरु किन पार्किङ मलमा लगानी गर्न तयार हुँदैनन् ? त्यसका लागि कस्तो लगानीमैत्री वातावरण तयार गर्नुपर्छ ?

क्लिन दि सिटी को अभियान केहीअघि बढेपछि हामी नो मास्क सिटी अभियान सुरु गर्छौं । अब मर्निङवाकमा जाँदा नाक, मुख छोपेर जानु पर्ने छैन ।

अर्कोकुरा महानगरभित्रको समस्या भनेको अव्यवस्थित पार्किङको हो । धनीहरुले ठूला ठूलो घर बनाउँछन् तर घरको साहुजीकै करोडौैंको गाडी पार्किङ गर्ने ठाउँ छैन । सडकमै पार्किङ गरिदिन्छ, अनि महानगरपालिकालाई गाली ।

हामी व्यवस्थित पार्किङको विकास गर्न चाहन्छौं । त्यसका लागि निजी क्षेत्रलाई पनि लगानी गर्न आह्वान गर्दछु । महानगरले मोडालिटी बनाइरहेको छ । निजी क्षेत्रले आएर सुझाब दिनुपर्यो, हामीे लचिलो हुन तयार छौं ।

सडकमा करोडौंका गाडी पार्किङ गर्ने साहूजीहरु किन पार्किङ मलमा लगानी गर्न तयार हुँदैनन् ? त्यसका लागि कस्तो लगानीमैत्री वातावरण तयार गर्नुपर्छ, त्यो महानगरले गरिदिन्छ ।

भूकम्प पीडितका नाममा काठमाडौंमा १५ सय ट्याक्सी वितरण गरियो । हामीले यसरी नथपियोस् भन्यौं तर महानगरबासीको कुरा कसैले पनि मानेनन् । अहिले त यति ठूलो सडक जाम हुन्छ भने १५ सय ट्याक्सी थपिएपछि कस्तो होला ? कहाँ पार्किङ गर्ने ती ट्याक्सीहरु ?

केही दिनअघि गृहमन्त्रीसँगको भेटमा मैले भनेको थिएँ, महानगरभित्र हुने सबै कामको जिम्मा महानगरलाई दिनुहोस् हामी सरोकारवालाहरुसँग छलफल र सहकार्य गरेर काम गर्छौं भनेको छु ।

हाम्रो उदेश्य काठमाडौं हेर्न लायकको बनाउने मात्रै होइन, बस्न लायक बनाउने पनि हो ।

आर्थिक सम्मृद्धिबिना हामी कोही पनि अघिबढ्न सक्दैनौं । हिँजो जे थियो त्यही अबस्थामा हामी आज र भोलि रहन सक्दैनौं । त्यसैले निजी क्षेत्रका साथीहरु लगानी गर्न आउनोस्, महानगरले के कस्तो व्यवस्था मिलाउनु पर्छ तयार छ ।

होटल एसोसिएशनको कार्यक्रममा शुक्रबार साँझ शाक्यले राखेको बिचारको केही अंश


पुष्प दुलाल