वाणिज्य बैंकहरुको निक्षेप २० खर्ब



काठमाडौं । नेपालमा रहेका वाणिज्य बैंकहरुको निक्षेप २० खर्ब हाराहारीमा पुगेको छ ।

अघिल्लो सातासम्ममा २८ वाणिज्य बैंकसँग १९ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप थियो । असार मसान्तसम्मममा वाणिज्य बैंकको निक्षेप २० खर्ब कट्ने देखिन्छ ।

असार १६ सम्ममा अघिल्लो साताको तुलनामा बैंकमा २० अर्ब रुपैयाँले निक्षेप बढेको छ । स्वदेशी मुद्रामा भने वाणिज्य बैंकसँग १९ खर्ब ४ अर्ब निक्षेप छ । विदेशी मुद्रामा ९५ अर्ब रुपैयाँ रहेको छ ।

असारको दोस्रो सातासम्ममा वाणिज्य बैंकले १६ खर्ब ९० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।


क्लिकमान्डु