कन्काईको सेयर साउन ९ गतेबाट



काठमाडौं । कन्काई विकास बैंकले आफ्ना सेयरधनीलाई दिनलागेको १ सेयर बराबर नयाँ २.१४ प्रतिशत हकप्रद साउन ९ गतेबाट बिक्री खुल्ला गर्ने भएको छ ।

बैंकले प्रति कित्ता १०० रुपैयाँ अंकित ३२ लाख १० हजार कित्ता सेयर बिक्री गर्न लागेको हो । हकप्रद बिक्री पश्चातः बैंकको चुक्ता पुँजी ४७ करोड १० लाख पुग्ने छ ।

सिद्धार्थ क्यापिटल बिक्री प्रबन्न्धक रहेको बैंकको सेयर बिक्री बन्द आगामी भदौ ११ गते हुने छ ।


क्लिकमान्डु