हामा मर्चेन्ट र युनिक फाईनान्सलाई गाभेर सिभिल बैंकले शुरु गर्यो एकिकृत कारोबार



काठमाडौं । सिभिल बैंकले हामा मर्चेन्ट र युनिक फाईनान्सलाई गाभेर आइतबारबाट एकीकृत कारोबार सुरु गरेको छ । दुई वटा फाईनान्सलाई गाभेर एकीकृत कारोबार सुरु गरेपछि सिभिल बैंकको चुक्ता पुँजी ५ अर्ब १८ करोड पुगेको छ भने निक्षेप ३४ अर्ब ९७ करोड र कूल कर्जा ३१ अर्ब २२ करोड भएको छ।

सिभिल बैंकले आफ्नो एक कित्ता सेयर बराबर युनिक फाईनान्सको शुन्य दशमलव ९० कित्ता र हामा मर्चेन्टको शुन्य दशमलव ८९ कित्ता सेयर अनुपातमा प्रदान गरी प्राप्ती गरेको हो ।

बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत गोविन्द्र गुरुङले एकीकृत कारोबार सुरु भएसँगै बैंकको व्यवसाय गर्ने क्षमतामा समेत वृद्धि भएको बताए ।


क्लिकमान्डु