सुनसरीको दुहबीमा एनआईसी एसिया बैंकको नयाँ शाखा



काठमाडौं । एन आई सी एशिया बैंकको १०८ औं शाखा सुनसरी जिल्ला स्थित दुहवीमा खुलेको छ । शो शाखाको उत्घाटन दुहबी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत प्रमोद कुमार चौधरी र दुहबी उद्योग बाणिज्य संघका अध्यक्ष उमेश गोस्वामीले संयुक्त रुपमा गरेका हुन् ।

बैंकले वित्तीय पहुँच बिस्तार गर्ने लक्ष्यसहित शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्यामा वृद्धि गदैलगेको जनाएको छ ।

साथै बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना समेत अगाडि सारेको छ ।


क्लिकमान्डु