ग्लोबल आइएमइको सभाले पारित गर्यो रिलायबल गाभ्ने प्रस्ताब, चुक्ता पुँजी ८ अर्ब नाघ्ने




काठमाडौं । ग्लोबल आइएमई बैंकको विशेष साधारण सभाले रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने सम्बन्धि विषेश प्रस्ताव पारित गरेको छ ।

बैंकको आज भएको विशेष साधारणसभाले सो प्रस्ताव पारित गरेको हो । बिगत ११ वर्षदेखि बैंकिङ्ग कारोबार गर्दै आएको रिलायबल डेभलपमेन्ट बैंकको चुँक्ता पूँजी १ अर्ब १ करोड ४ लाख रहेको छ ।

सभाले रिलायबल डेभलपमेन्ट बैंकको १०० कित्ता शेयरलाई ग्लोबल आइएमई बैंकको ८२.९० कित्ता शेयर दिने गरी शेयर स्वाप अनुपात कायम गर्नेसहितको विषेश प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

प्राप्ती पश्चात् ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी ८ अर्ब ८ करोड ३ लाख पुग्नेछ भने शाखा संख्या ११२, एटिएम ११४, ५ वटा एक्सटेन्सन काउण्टर, ४६ शाखारहित बैंकिङ्ग सेवा तथा ग्राहक संख्या ७ लाख भन्दा बढि पुग्ने बैकद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।


क्लिकमान्डु