कृषकलाई मोबाइल वितरण



पोखरा। जिल्ला कृषि विकास कार्यालय, कास्कीले  कृषकलाई ४३ थान मोबाइल, वर्षा मापन यन्त्र र थर्मोमिटर वितरण गरेको छ ।

जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाअन्तर्गत कार्यालयले जिल्लास्थित छ वटा सेवा केन्द्रभित्रका २६ कृषक समूह सहकारी र १७ पशु फार्मका लागि ४३ सेट मोबाइल, वर्षा मापनयन्त्र र थर्मोमिटर वितरण गरेको हो ।

कार्यालयका बाली संरक्षण अधिकृत स्तुती आचार्यका अनुसार कृषि सम्बन्धी अधिकांश समस्याको समाधान गर्ने उद्देश्यका साथ ती सामग्री प्रदान गरिएको हो । सामग्री वितरणले कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न सकिने विश्वास लिइएको छ ।


क्लिकमान्डु