एनआईसी एसियाले खोल्यो घोराहीमा नयाँ शाखा



काठमाडौं । एनआईसी एशिया बैंकको ९२ औं शाखा दाङ्गको घोराहीमा खुलेको छ । उक्त शाखाको उद्घाटन दाङ्ग जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष हेमराज बन्जाडेले गरेका हुन् ।

‘सञ्जाल, पँुजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो,’ शाखा उद्घाटन पछि बैकले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको समेत जनाएको छ ।


क्लिकमान्डु