किन साट्दैछन् मान्छेहरु एक करोड नोट ९ लाखमा ?



काठमाडौं । एक करोड रुपैयाँको नोट ९ लाखमा साट्नेहरु धेरै छन् । तपाईलाई लाग्न सक्छ एक करोड रुपैयाँ दिएर जम्मा ९ लाख किन लिदैछन् भन्नेमा ।

भारत सरकारले ५०० र १००० दरका नोटमा प्रतिबन्ध लगाएपछि यसको असर धेरैतिर पर्यो ।

केही साताअघि नेपाली नागरिकसँग भएको नोट साटिने अनुमानका आधार कागज सरह भएको नोट नेपालमा ठूलो मात्रामा भित्रियो ।

प्रहरीको सक्रियताको कारण अहिले नेपालमा नोट आएको छैन । नेपालमा भएको ५०० र १००० दरको नोट साटिने सम्भावनाको पनि लगभग अन्त्य भएको छ ।

भारतमा अहिले दलालहरु प्रतिबन्ध लागेको १००० र ५०० दरको नोट लिइरहेका छन् । दलालहरुले एक करोड रुपैयाँको नोटलाई सात लाख भारुमा साटेका छन् ।

भारत सरकारले गैर आवासीय भारतीय (एनआरआई)लाई नोट साट्ने सुविधा दिँदै छ । ३० जुनसम्ममा एनआरआईहरुले आफुसँग भएको पुरानो नोट साट्नुपर्छ । यसको लागि दलालहरुले एनआरआईलाई आकर्षक कमिसन दिएर नोट साट्ने व्यवस्था मिलाएका छन् ।

२५ जुनसम्ममा सबै काम सक्ने तयारी दलालहरुले गरेका छन् । अहिलेसम्म यस्तो केसमा ३ जना गिरफ्तार भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

आरबिआईले ३० जुनभित्रमा एनआरआईले आरबिआईको मुम्बई,दिल्ली,चेन्नाई,कलकत्ता र नागपुरबाट नोट साट्न मिल्ने व्यवस्था गरेको जनाएको छ ।


क्लिकमान्डु