३९ करोड रुपैयाँको लागतमा बसपार्क निर्माण गरिने



दाङ। तुलसीपुर उपमहानगरपालिका –५ मा ३९ करोड रुपैयाँको लागतमा  सुविधासम्पन्न बसपार्क निर्माण गरिने भएको  छ ।

उपमहानगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीले आज आयोजित कार्यक्रममा निर्माणाधिन बसपार्क तथा सपिङ कक्ष शिलान्यास गरे ।

पुरानो बसपार्कलाई सुविधासम्पन्न बनाउने उद्देश्यले उपमहानगरपालिकाले झन्डै आधा दशकअघि बनाएको व्यवस्थित बसपार्कको गुरुयोजना नगर विकास कोषले चार वर्षअघि स्वीकृति दिएको थियो ।

पहिलो चरणमा साढे १० करोड रुपैयाँको लगानीमा तयार हुने सो बसपार्कमा नौ करोड रुपैयाँ नगर विकास कोषको ऋण, एक करोड रुपैयाँ बैदेशिक अनुदान र ५० लाख रुपैयाँ उपमहानगरपालिकाले लगानी गर्ने भएको छ ।

बसपार्क भित्र टर्मिनल भवन, ५० वटा सपिङ कक्ष तथा सार्वजनिक शौचालय निर्माण गरिने र  सडकमा  कालोपत्रेका साथै सडक बत्तीसमेत  जडान हुने कार्यकारी अधिकृत केसीले जानकारी दिए।

पन्ध्र महिनाभित्र काम सम्पन्न गर्ने गरी शिवशक्ति निर्माण कम्पनीलाई कामको जिम्मा दिएको छ ।

तुलसीपुरको नयाँ बसपार्कमा हाल व्यवस्थित बसपार्क नहुँदा निकै समस्या परेको छ । पुरानो बसपार्क वर्षायाममा हिलाम्मे हुने र  हिउँदमा धुलोको समस्याका साथै पर्खाल नहुँदा असुरक्षा बढेको व्यवसायीले बताएका छन् ।


क्लिकमान्डु