एनसेलले इन्टरनेट पूर्वाधारमा ३० अर्ब लगानी गर्ने



काठमाडौं । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले इन्टरनेटको पूर्वाधारमा ३० अर्बभन्दा बढी रकम लगानी गर्ने भएको छ ।

एनसेलले ९०० मेगाहर्ज र १८०० मेगाहर्ज ब्याण्डमा प्रविधि तटस्थता अवलम्बनगर्दै थ्रिजीप्रविधिमाआधारित मोबाइल सेवाको विस्तार दोब्बर गरी देशको कुल जनसंख्याको ६० प्रतिशतमादु्रतगतिको मोबाइल इन्टरनेट सेवा पु¥याउनआफुतयार भएको जनाएको छ ।

प्रविधि तटस्थतामार्फत एनसेलले १ करोड ७० लाखभन्दा बढि नेपालीनागरिकमाथ्रिजी सेवा पु¥याई उनीहरुलाई दु्रतगतिको मोबाइल इन्टरनेटको लाभप्रदानगर्नेछ । इन्टरनेटअहिले विजुली–बत्ति र पानी जस्तै मानिसको आधारभुतआवश्यकताभईसकेको छ । यसरी नेपालीनागरिकलाई सेवागर्ने मौका दिई उनीहरुकालागिबहुप्रतिक्षित सेवाप्रदानगर्ने अवसर दिईएकोमा कम्पनीले आभार व्यक्त गरेको छ ।

एनसेलको विस्तारित नेटवर्क कभरेजले बझाङ्गको देउरालीकोट, मुगुको श्रीनगर, मुस्ताङ्गको झोङ्ग, ललितपुरको माल्टा र सोलुखुम्बुको तिङ्गला जस्ता १,००० भन्दा बढि ग्रामिण तथादुर्गम ठाउँमा सेवाको पहुँच पुर्याउने छ । यी स्थानकाबासिन्दाहरुले पहिलो पटक दु्रतगतिको मोबाइल इन्टरनेटमा पहुँचपाउनेछन् । यसले देशमाविद्यमान डिजिटल डिभाइडलाई घटाउन योगदानदिई स्थानियवासीको जनजीवन, समुदायको अर्थतन्त्र र सामाजिक क्षेत्रमा स्पष्ट सकारात्मकप्रभाव पु¥याउने छ ।

‘हामीप्रविधि तटस्थताले देश र जनतामाल्याउने वृहत सकारात्मकप्रभावकाबारेमा सोचेर उत्साहित छौं । यसले विषेशतः इन्टरनेट सेवाको पहुँच, नयाँअवसरहरुको सिर्जना र कुलगार्हस्थ उत्पादनको वृद्धिमा ठूलो भुमिका खेल्नेछ,’ एनसेलकाप्रबन्धनिर्देशक साइमन पर्किन्सले भने ।

यीलक्ष्यप्राप्तिकालागिहामीले आवश्यक स्रोतहरु, प्रविधि हस्तान्तरण तथापुर्वाधार निर्माणका लागि ३० अर्ब सम्मको लगानी प्रतिबद्ध गरेका छौ । संयुक्तरुपमा डिजिटल नेपालनिर्माणको राष्ट्रिय लक्ष्य हासिल गर्नका लागिहामी पूर्णरुपमा समर्पित रहेको उनले बताए ।

विश्व बैंकको अध्ययनअनुसार, मोबाइलब्रोडब्याण्डमा पहुँचले तत्कालआर्थिक वृद्धिदर बढाउन मद्दत गर्दछ । ब्रोडब्याण्ड जनघनत्वमा प्रत्येक १० प्रतिशतविन्दुको वृद्धिले आर्थिक वृद्धिदरलाई १.३८ प्रतिशतविन्दुले बढाउने विश्व बैंकको तथाअन्यअन्तर्राष्ट्रिय अध्ययनले देखाएका छन् ।

आफ्नो प्रतिबद्धता बमोजिमएनसेलले काठमाडौंमा जेठ १८ बाट फोरजी सेवाको शुभारम्भ गरेको छ, जस अन्तर्गत काठमाडौं उपत्यका, बनेपातथाधुलिखेलकाग्राहकले फोरजीप्रविधिको लाभलिन सक्छन् । साथै, सन् २०१७ को अन्त्य सम्ममाकुल जनसंख्याको १५ प्रतिशतमाफोरजी पुर्याउने लक्ष्यलिई कम्पनीले हाल देशकाविभिन्न ४० शहरहरुमाफोरजी सेवाको योजनातथा परीक्षण गरीरहेको छ ।


क्लिकमान्डु