मर्कन्टायल र वल्र्डलिंकले प्रदेश नम्बर ६ का ८ जिल्लामा ब्रोडब्याण्ड पुर्याउने




काठमाडौं । प्रदेश नम्बर ६ मा पर्ने कर्णाली क्षेत्रका जिल्लाहरुमा ब्रोण्डब्याण्ड बिस्तार गर्न नेपाल दूरसंचार प्राधिकरणले गरेको बोलपत्रमा दुई कम्पनीहरु छनौट भएका छन् ।

कर्णालीका मुगु, हुम्ला, जुम्लालगायतका विकट ८ जिल्लाहरुमा ब्रोडब्याण्ड पुर्याउने योजनाअन्तरगत मर्कन्टायल कम्यूनिकेसन्स र वल्र्डलिंक कम्यूनिकेसन्स बोलपत्रमा छनौट भएका छन् । जसमध्ये मर्कन्टायलले करिब २२ करोड रुपैयाँ तथा वल्र्डलिंकले करिब २७ करोड रुपैयाँसहित छुटमा सेवा पुर्याउने प्रस्ताव गरेका थिए ।

छनौट भएका दुबै कम्पनीहरुले आफूले कबोल गरेको रकममा ती जिल्लाहरुमा ब्रोडब्याण्ड इन्टरनेट पुर्याउनुपर्नेछ । प्रदेश नम्बर ६ मा पर्ने कणाली क्षेत्रका ती जिल्लाहरुलाई दुई भागमा विभाजन गरिएको छ, जस अन्तर्गत ‘प्याकेज ए’मा हुम्ला, मुगु, डोल्पा र जुम्ला रहेका छन भने ‘प्याकेज बि’मा कालिकोट, रुकुम, जाजरकोट र रोल्पा जिल्लाहरु रहेका छन् ।

छनौट भएका दुबै कम्पनीहरुले ती जिल्लाहरुमा १२ महिनाभित्र ब्रोडब्याण्ड इन्टरनेट पुर्याउनुपर्नेछ । यसको लागि प्राधिकरणले ग्रामीण दूरसंचार कोषको रकम प्रयोग गरेर अनुदान रकम प्रदान गर्नेछ ।

कम्पनीहरुले ती जिल्लाहरुमा ब्रोडब्याण्ड पुर्याउनुका साथै इन्टरनेट डाटा सबै गाउँपालिका, वडा कार्यालयहरु, स्वास्थ्य केन्द्रहरु÷स्वास्थ्य चौकीहरु तथा सार्वजनिक शैक्षिक संस्थाहरुमा पुर्याउनुपर्नेछ ।

सबै जिल्लाहरुमा ब्रोडब्याण्ड पुर्याउने नीतिअन्तर्गत प्रदेश नम्बर ६ मा बोडब्याण्ड पुर्याउन यहि अप्रिल २० तारिखमा बोलपत्र आब्हान गरिएको थियो ।


क्लिकमान्डु