मे २ तारिखलाई सूचना तथा सञ्चार प्रविधि दिवसको रुपमा मनाउने निर्णय



काठमाडौं। नेपालमा विगत ७ वर्षदेखि मे २ तारिखलाई सूचना तथा सञ्चार प्रविधि दिवसको रुपमा मनाउँदै आईरहेको छ । क्यान महासंघको प्रस्ताव अनुरुप हालैको मन्त्रीपरिषद बैठकले यो दिनलाई औपचारिकरुपमै ‘सूचना तथा सञ्चार प्रविधि दिवस’का रुपमा मनाउने निर्णय गरेको छ ।

यो निर्णय सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा संघर्षरत ब्यक्ति तथा संस्थाहरुका लागि गौरवपूर्ण र ऐतिहासिक भएको क्यान महासंघले उल्लेख गरेको छ ।

क्यान महासंघकाअनुसार यो निर्णय समग्र सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारका लागि कोसेढुंगासावित बन्ने छ ।

‘सूचना तथा सञ्चार प्रविधिलाई देश विकासको प्रमुख औजारको रुपमा प्रयोग गर्न प्रोत्साहन गर्ने किसिमले सरकारले जुन निर्णय गरेको छ त्यसले यो क्षेत्रलाई अझ तिव्र गतिमा अघि बढ्न ऊर्जा मिलेको छ,’ क्यानका महासचिव विश्वराम बलामीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु