यी हुन् विश्वकै ४ महंगा एप, एउटा एप डाउनलोडको मूल्य नै ४ लाख



तपाईले गुगल प्ले स्टोरबाट एपहरु डाउनलोड गर्दा फ्रि वा पेड दुई प्रकारका पाउनु हुन्छ । त्यसमा पनि पेड लेखिएका अधिकांसमा नेपाली रुपैयाँ  १०० वा २०० वा ४०० यस्तै यस्तै बराबरको मुल्य राखिएको हुन्छ ।

तपाईलाई थाहा छ ? गुगलमा राखिएका एपहरु ३७८७ डलर मुल्यसम्मका छन् । जसको मुल्य नेपाली रुपैयाँमा ३ लाख ९० हजार भन्दा बढी हुन आउँछ । आज हामीले तपाईलाई सबै भन्दा महंगा एपको बारेमा जानकारी दिने प्रयास गरेका छौं ।

१. Most Expensive App : ‘मोस्ट एक्स्पेन्सीभ एप डिजिटल स्टुडीयो’ नामक एप तर्पाइले डाउनलोड गर्न चाहनु भयो भने, यसको लागि ३ हजार ७ सय ८७ अमेरिकी डलर तिर्नुपर्ने हुन्छ । यसको नेपाली मुल्य ३ लाख ९० हजार पर्न आउँछ । यो एपको डाउनलोड गरेपछि तपाईको फोनको स्कृनमा डायमन्ड देखिने छ । यसलाई तपाईले स्टाटस लेख्दा सिम्बोलको रुपमा प्रयोग गर्न सक्नुहुनेछ ।

यो एप एन्ड्रोइड ४.० र त्यसभन्दा माथिका र्भसनमा प्रयोग गर्न सकिने छ । अहिलेसम्म यो एप विश्वमा ५ जनाले मात्र डाउन्लोड गरेका छन् । यसलाई प्रयोग कर्ताले ५ स्टार रेटिङ दिएका छन् ।

२. i’m Rich Man: आइएम रिच म्यान एपको मुल्य ४०० अमेरिकी डलर राखिएको छ । यसको प्रयोगसमेत स्टाटसमा प्रयोग गर्न सकिन्छ । यसको नेपाली मुल्य ४१ हजार २ सय रुपयाँ रहेको छ । यो एप एन्ड्रोयड २.३ भन्दा माथिका भर्सनमा चलाउन सकिने छ । यो एप पनि ५ जनाले मात्रै डाउनलोड गरेका छन् । तीमध्ये पनि यो एपलाई एकजनाले मात्रै ५ स्टार रेटिङ दिएका छन् ।

३.Engima: इन्जिमा तेस्रो सबैभन्दा महंगो एप हो । यसको मुल्य ३९१ डलर राखिएको छ । यसको नेपाली मुल्य ४० हजार २ सय रुपैयाँ पर्छ । यसको प्रयोगले मोवाईलमा हुनसक्ने संभाबित जोखिमबाट बचाउँछ । यसको प्रयोगकर्ता तुलनात्मक रुपमा निकै धेरै रहेको देखिन्छ । यसलाई ४.० भन्दा माथिका एन्ड्रोइड फोनमा प्रयोग गर्न सकिन्छ ।

४. The Atlas Of Internal Medicine: द एटलस अफ इन्टरनल मेडिसिन नामक यो एपको मुल्य १३० डलर राखिएको छ । यसको नेपाली मुल्य १३ हजार ४ यसको हाराहारीमा पर्न आउँछ ।
यसको प्रयोग मानिसहरुमा आउने बिभिन्नखाले मानसिक संतुलन सम्बन्धी समस्या पत्ता लगाउन गरिन्छ । यो निकै कलरफुल एपको रुपमा रहेको छ । यसलाई अहिलेसम्म ५ हजार भन्दा बढीले प्रयोग गरिरहेका छन् । यो एन्ड्रोएड ३.० भन्दा माथिका मोवाइलमा प्रयोग गर्न सकिन्छ ।


क्लिकमान्डु