क्लासिक टेकको ईन्टरनेट जडानमा ‘सोलिड अफर’



काठमाडौं । क्लासिक टेक प्रा. लि.ले आफ्ना ग्राहकहरुका लागि नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले गुणस्तरिय सेवा सुपथमुल्यमा उपलब्ध गराउन ईन्टरनेट जडानमा ‘सोलिड अफर’ ल्याएको छ ।

यसअफर अन्तर्गत, नयाँ ईन्टरनेट जडानमा बार्षिक ग्राहकहरुले ३ एमबिपीएस अनलिमिटेड ईन्टरनेट मात्र १,०९९ रुपैयाँ प्रति महिना, ६ एमबिपीएस अनलिमिटेड ईन्टरनेट मात्र १,२९९ रुपैयाँ प्रति महिना र १२ एमबिपीएस अनलिमिटेड ईन्टरनेट मात्र १,६९९ रुपैयाँ प्रति महिनामा पाउने कम्पनीले जानकारी दिएको छ ।

साथै अफर अवधिभर ग्राहकहरुका लागि वाईफाई फाइबर डिभाइस तथा जडान खर्च निशुल्क रहनेछ । यसलगायत विश्वकै उत्कृष्ट जीपीओएन प्रबिधिमा आधारित फाइबर टू दि होम ईन्टरनेट सेवामा कनै पनि सेयरिङ रेसियो नहुने कम्पनीले जानकारी दिएको छ ।


क्लिकमान्डु