जीयोको प्रवेशसँगै भारतीय टेलिकम बजारमा अन्य कम्पनीको अवस्था बिग्रंदो



काठमाडौं। भारतीय अर्बपति मुकेश अम्बानीको टेलिकम कम्पनी जीयोले गर्दा भारतमा अन्य टेलिकम कम्पनीहरुको आम्दानीमा उच्च कमी आएको बिवरण बाहिर आएको छ ।

जीयोले केहि समयअघि भारतीय टेलिकम ग्राहकहरुलाई डाटामा दिएको नयाँ अफर र सुविधाका कारण अन्य कम्पनीहरुको नाफामा कमी आएको हो । हालै अमेरिकाको सान फ्रान्सिस्कोमा आधारित भेन्चर क्यापिटल फर्म क्लीनर पर्किन्सको ताजा रिपोर्टअनुसार जीयोको बजार प्रवेशले भारती एयरटेल, आइडिया सेलुलर तथा भोडाफोनलाई गत वित्तिय वर्षको चौथो त्रैमासिकमा ठूलो रेभेन्यूको गुमेको छ ।

भारती एयरटेलको नेट प्रोफिट ३१ मार्चमा समाप्त भएको वित्तिय वर्षको चौथो त्रैमासिकमा ७१.७ प्रतिशतले कमी हुँदै ३७३ करोड रुपैयाँ रहेको छ । जबकि आइडियालाई चौथो त्रैमासिकमा ४५१.९ करोड भारुको तुलनामा घटेर ३२७.९ करोड रुपैयाँको नोक्सानी भयो । यसैगरि भोडाफोन इण्डियाको नाफामा पनि १० प्रतिशतले घटेर ११,७८४ करोड भारु हुन पुग्यो ।

जीयोको कारण भारतीय टेलीकम सेक्टरमा गत वित्तिय वर्षको चौथो त्रैमासिकदेखि चालू वित्तिय पहिलो त्रैमासिकसम्म निकै प्रतिस्पर्धा रहेको छ । जीयोको फ्री अफरको कारणले अन्य टेलीकम कम्पनीहरुको डाटाको मूल्यमा पनि भारी कटौती गर्न पुगे । मार्च २०१७ सम्म एक जीबी डाटाको मूल्य घटेर औसत दुई डलरमा पुग्यो । जबकि मार्च २०१७ को १ जीबी डाटाको मूल्य औसत ०.३३ डलर रहेको छ ।

रिपोर्टकाअनुसार ३१ मार्चसम्म १० करोड ८० लाख उपभोक्ताहरुमध्ये ७.२ करोडले जीयोको प्राइम सदस्यता लिए । यसले कम्पनीको करिब ६७ प्रतिशत उपभोक्ता प्राइमको प्लेटफर्ममा आबद्ध भए।

सन्२०१५।१६ मा भारतको ३ सबैभन्दा ठूला मोबाइल कम्पनीहरु भारती एयरटेल, भोडाफोन इण्डिया तथा आइडिया सेलुलरको संयुक्त एआरपीयू २.८ डलरबाट तीन डलर अर्थात करिब १९५ भारु मात्र रहेको छ, जबकि यी कम्पनीहरुको भारतीय बजार हिस्सा ६० प्रतिशत छ ।


क्लिकमान्डु