एन्ड्रोइड प्रयोगकर्ताको तुलनामा आइफोन प्रयोगकर्ता इमान्दार




धेरै मानिसको बुझाइमा एन्ड्रोइड आईफोनको तुलनामा उत्कृष्ट डिजाइन दिन्छ । संमसुङ ग्यालेक्सी एस ८ मा भएको फिचर एप्पलको फोनमा उपलब्ध छैन । तर, आवश्यक तथ्याङकका हिसाबले एप्पल अगाडि छ । एप्पल स्मार्टफोन सबैभन्दा फाइदामा रहेको उद्योग हो । यसका साथै एप्पल प्रयोगकर्ता एन्ड्रोइडका तुलनामा इमान्दार छन् ।

एप्पलका ९२ प्रतिशत प्रयोगकर्ता इमान्दार
मोर्गन स्ट्यानको सर्बे अनुसार ९२ प्रतिशत प्रयोगकर्ता जो एप्पलको फोन प्रयोग गरिरहेका छन् । र, आगामी एक वर्ष भित्रमा एप्पलको फोन लिने सोचमा छन् । यो अंक अघिल्लो सालको तुलनामा धेरै हो । अघिल्लो वर्ष ८६ प्रतिशत थिए । यस पछि संमसुङको ७७ प्रतिशत सहित दोश्रो स्थानमा छ । एलजी ५९ प्रतिशत, मोटोरोला ५६ प्रतिशत, नोकिया ४२ प्रतिशत छ ।

आइफोन बजारमा उपलब्ध अन्य एन्ड्रोइड फोनको तुलनामा अलग छ । एन्ड्रोइड फोनको प्रतिस्पर्दा एन्ड्रोइडसँग हुन्छ । आइफोन अनौठो भएकाले यसको प्रतिस्पर्धी कोही छैन । एप्पल आफ्नो ब्राण्डलाई लाइफस्टाइल ब्राण्ड बनाउने प्रकृयामा अगाडि बढिरहेको छ । आइफोन आफैमा एक उत्कृष्ट डिभाइस हो । मानिसमा आइफोनको आइम्यासेजको लत नै लागिसकेको छ, जसलाई छोड्न कठिन छ । हरेक मानिसलाई आइफोन नै चलाउनुको कारण धेरै हुन सक्छ ।  एजेन्सीको सहयोगमा


क्लिकमान्डु