नेपालबाट याकको मासु अमेरिकामा तस्करी



काठमाडौं ।  नेपालबाट शल, प्यान्ट र स्वीटरको बाकसमा लुकाएर लगिएको याकको मासु ठूलो मात्रामा न्युर्योकको जोन अफ केनेडी एअरपोर्टमा जफत गरिएको छ ।

भन्सार अधिकारीहरुले १३२ किलो याकको मासु, बोट बिरुवाका बिऊ लगायत प्रतिबन्धित सामानहरु जफत गरेका हुन् ।

खुट्टा र मुखका किटाणु नियन्त्रण गर्ने अमेरिकी कानुनले याकको मासु आयात गर्न प्रतिबन्ध लगाएको छ ।

‘खुट्टा र मुखका किटाणु भनेको विश्वव्यापी समस्या हो । यो निकै चाँडै फैलन्छ र ठूलो आर्थिक क्षति पुर्याउन सक्छ’, विज्ञप्तिमा भनिएको छ ।

अन्य बोटबिरुवालाई पनि संक्रमित गर्न सक्ने हुनाले केहि बिउलाई पनि प्रतिबन्ध लगाइएको छ, अधिकारीले भने ।

यस ढुवानीको जिम्मेवार ब्यक्ति को हो भन्ने अझै प्रष्ट नभैसकेको अमेरिकी संचारमाध्यम न्यूयोर्क पोष्ट डटकमले जनाएको छ ।


क्लिकमान्डु