उम्मेदवार बन्न चाहनेलाई सम्पत्ति विवरण पेश गर्न एमालेको सर्कुलर



काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्ने पार्टीका सबै नेता कार्यकर्तालाई आफ्नो सम्पत्ति विवरण अनिवार्यरुपमा पेश गर्न सर्कुलर जारी गरेको छ । ११ बुँदे सर्कुलरको आठौं बुँदामा उम्मेदवारले सम्पत्ति विवरण र व्यक्तिगत विवरण बुझाउनुपर्ने लेखिएको छ ।

बिहीबार आयोजना भएको केन्द्रीय प्रचार भेलाको बन्द सत्रमा महासचिव एमाले महासचिव ईश्वर पोखरेलले एमालेबाट जितेका जनप्रतिनिधिलाई सुशासन र सदाचारभित्र राख्नका लागि सम्पत्ति विवरण पार्टीमा बुझाउनुपर्ने व्यवस्था गरिएको बताए ।

चुनाव जित्नुअघिको सम्पत्ति र जितेर बाहिर निस्कदासम्मको सम्पत्ति विवरण पार्टीले लिने नीति एमालेले बनाएको छ ।

चुनावका सन्दर्भमा प्रचार प्रसार, आर्थिक परिचालिन, स्वयसेवक तथा सुरक्षा समन्वय उपसमिति गठन गर्न पनि एमालेले सर्कुलर पठाएको छ ।


क्लिकमान्डु