कांग्रेसको तय गर्यो स्थानीय निकाय निर्वाचनको नारा



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मूल नारा तय गरेको छ ।

केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा केन्द्रीय कार्यालय ललितपुरमा आज बसेको बैठकले ‘कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ मूल नारा तय गरेको सो पार्टीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । रासस


क्लिकमान्डु