कान्तिपुर पोल्ट्रीमा आगलागीे



बारा । निजगढ नगरपालिका ७ स्थित कान्तिपुर पोल्ट्री ब्रिडिङ्गमा अज्ञात समुहले बिहिबार राति गरेको आगजनीबाट ५ करोड रुपैया भन्दा बढीको क्षेति पुगेको छ ।
आगलागीबाट पोल्ट्री फर्मको पुर्वतर्फ जंगल छेउमा रहेको करिव ११ हजार माउ कुखुरा राखेर अण्डा पार्ने घर जलेर पुर्णरुपमा ध्वस्त बनेको छ । सरसफाई र नयाँ उपकरण जडान गर्ने क्रममा कुखुरा अन्यत्र सारिएकाले थप क्षती हुन नपाएको संचालक नवराज पौडेलले बताए ।

उनले विद्युतीय गडबढीको कारणले घटना नभएको पनि जानकारी दिए । ‘अघिल्लो दिनमात्र वाइरिङ्गको काम पुरा गरिएको र हाउसमा सप्लाई रोकिएकाले विद्युत् सर्ट हुने संभावना थिएन, उनले भने, घटना रहस्यमय छ ’ उनले भने ।

गहिरो अनुसन्धान गरेर प्रहरीले दोषि पत्ता लगाउनु पर्ने पौडेलको माग छ । उद्योग नजिक पूर्वपट्टीको जंगलबाट आएको समुहले पेट्रोल प्रयोग गरेर आगजनी गरेको हुन सक्ने अनुमान स्थानीयको छ ।

इलाका प्रहरी कार्यालय निजगढका निरिक्षक दीपककुमार रायले घटनाको बारेमा अनुसन्धान भइरहेको बताएका छन ।
२ बर्षअघि संचालनमा आएको कुखुराको सुलीबाट दुर्गन्ध निस्केको भन्दै केही स्थानीय र राजनितिक दलका कार्यकर्ताले समेत पछिल्लो समयमा सो फर्म बन्द गर्न माग गर्दै आएका छन ।


क्लिकमान्डु