सामसुङ ग्यालेक्सी ए–७ नेपालमा, मुल्य ५४ हजार ९ सय



काठमाडौं । सामसुङ नेपालले ग्यालेक्सी ए–७ को नयाँ सिरिजलाई नेपाली बजारमा ल्याएको छ । ५.७ इन्चको ग्यालेक्सी ए–७ २०१७ ले सामसङको आधुनिक डिजाइन तथा नवीनतम टेकनोलोजी प्रस्तुत गर्दै ग्राहकहरुलाई पावरफूल पर्फमेन्सका साथ आफू अनुरुप फोनको उपयोग गर्ने अधिकतम सुविधा प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

कर्भ ग्लास र मेटल बडीसहित एक आकर्षक र हार्मोनियस प्रिमियम डिजाइनका साथै नयाँ डुअल सिम ग्यालेक्सी ए सिरिज धुलो र पानी प्रतिरोधक तथा अद्यावधिक क्यामारा फिचर्स तथा फिंगरप्रिन्ट सेन्सरसहित बजारमा ल्याइएको हो ।

ग्यालेक्सी ए–७ दुई रंग ब्ल्याक स्कई र गोल्ड स्याण्डमा उपलब्ध छन् ।

ए–७ को मुल्य ५४ हजार ९ सय रुपैयाँ छ । लन्च अफरका रुपमा स्मार्टफोनसँगै ३२ जीबी माइक्रो एसडी कार्ड र १० हजार ४ सय एमएएचको पावर बैंक पनि निशुलक उपलब्ध गराइने छ । यो अफर स्टक रहुन्जेलसम्मका लागि मान्य हुने कम्पनीले जानकारी दिएको छ ।


क्लिकमान्डु