नोकियाको नयाँ स्मार्टफोन नोकिया ९ आउँदै, २२ मेगापिक्सेलको मुख्य क्यामरा



काठमाडौं । नोकियाले पछिल्लो दिनहरुमा नयाँ नयाँ फिचरसहितको स्मार्टफोनहरु ल्याईरहेको छ भने केहि फोनहरु आउने क्रममा रहेको रिपोर्टहरु आएका छन् ।

नोकियाका नयाँ फोनहरु आउने चर्चा आईरहेको बेला फेरी नोकिया ९ नामक स्मार्टफोनको जानकारीहरु बाहिर आएका छन् । नोकियाले आकर्षक फिचरसहित नोकिया ९ स्मार्टफोन ल्याउन लागेको छ, जसको बारेमा अनलाइनमा जानकारीहरु देखिएका छन् ।

यो स्मार्टफोन नोकियाको फ्ल्यागशिप फोन हो, जसमा स्न्यापड्रागन ८३५ चीप प्रयोग हुने अनुमान गरिएको छ । नोकिया ९ स्मार्टफोनमा ६ जीबीको र्याम ताथ ६४ जीबी वा १२८ जीबीको आन्तरिक स्टोरेजसहित आउने छ ।

नोकिया नाइनमा ५.५ इन्चको ओएलईडी डिस्प्ले हुनेछ, जसमा क्यूएचडी रिजोल्यूशन हुनेछ ।

यो डिभाइसमा नोकियाको एडभान्स ओजो अडियो इन्हान्समेन्ट रहनेछ, जून फिचर आफ्नो स्मार्टफोनमा प्रयोग गर्ने पहिलो स्मार्टफोन नोकिया नाइन हुनेछ ।

यसका साथै नोकिया नाइनमा २२ मेगापिक्सेलको कार्ल जेइस ड्यूल क्यामरा मुख्य कयामराको रुपमा राखिनेछ भने सेल्फीका लागि १२ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिनेछ ।

नोकियाको नयाँ स्मार्टफोनमा क्विक चार्ज ४.० फास्ट चार्जिंग टेक्नोलोजीका साथमा ३,८०० एमएएचको ब्याट्री प्याक हुनेछ ।

यो स्मार्टफोन पानीमा डुबाउँदा पनि केहि नहुने आइपी ६८ सर्टिफिकेसन भएको डस्ट एण्ड वाटर रेसिस्ट्यान्स हुने बताईएको छ ।

 


क्लिकमान्डु