एप्पलको विशेष संस्करणको रेड आइफोन सेभेन र आइफोन सेभेन प्लस बजारमा



काठमाडौं। नेपालका लागि एप्पलको आधिकारिक बितरक जेनेरेसन नेक्स्ट कम्यूनिकेसन्स् प्रालिले एप्पलको विशेष संस्करण रेड आइफोन सेभेन र आइफोन सेभेन प्लस सार्वजनिक नेपाली बजारमा गरेको छ । विशेष संस्करणका आइफोनहरु १२८ जीबी र २५६ जीबी स्टोरेजमा उपलब्ध हुनेछ ।

जेननेक्स्टले यी विशेष संस्करणका आइफोन इभो स्टोर, फ्यूचर वल्र्ड, तथा ओलिज स्टोरबाट बिक्री गर्ने बताईएको छ । यी संस्करणको मूल्य पनि यसअघिका ब्ल्याक, रोज गोल्ड, सिल्भर एडिसनकै बराबर तोकिएको कम्पनीले जनाएको छ ।

कम्पनीले आइफोनसँगै सक्कली भ्याट बिल र एक वर्षको वारेन्टी प्राप्त गर्नका लागि आइफोनहरु आधिकारिक बितरकबाट मात्र किन्नका लागि ग्राहकहरुलाई अनुरोध पनि गरेको छ ।


क्लिकमान्डु