ट्वीटरमा अब धेरै लेख्न पाइने, १४० शब्दमा यूजरनेमको बन्देज हट्यो



काठमाडौं । ट्वीटरमा यसअघि आफ्नो विचारहरु राख्नको लागि १४० अक्षरको बन्देज रहेकोमा त्यसलाई केहि परिमार्जन गरेको छ ।

कम्पनीले हालको १४० अक्षरको सिमिततालाई केहि परिमार्जन गर्दै बिहिवारदेखि नयाँ नियम लागू गरेको छ । कम्पनीले अब ट्वीटरमा कुनैपनि ट्वीट गर्दा यूजरनेमलाई गणना नगर्ने भएको छ । अर्थात तपाईँले ट्वीटमा अब यूजरनेम बाहेक नै १४० अक्षर लेख्न पाउनुहुने भएको छ ।

नयाँ नियमअनुसार तपाईँले कसैको ट्वीटको जवाफ (रिप्लाई) दिने बेलामा तपाईँको १४० शब्दको ट्वीटमा यूजरनेमको अक्षरलाई गणना गरिनेछैन् । तपाईँले जवाफ दिने ट्वीटको नाम अब ट्वीट भन्दा माथि देखिनेछ । यसअघि यस्तो यूजरनेम ट्वीट लेख्ने स्थानमा नै देखिन्थ्यो ।

ट्वीटरको नयाँ अपडेट हाल वेबसाइटमा आईसकेको छ भने यसका साथै मोबाइल एपमा पनि उपलब्ध हुनेछ ।


क्लिकमान्डु