स्वदेशी लघुवित्तले चैत २५ बाट आइपिओ जारी गर्ने




काठमाडौं । स्वदेशी लघुबित्त बित्तीय संस्था लिमिटेडले चैत २५ बाट ३ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्ने भएको छ ।

आज प्रकाशित सूचनामा निष्काशन चाँडोमा चैत २९ गते र ढिलोमा बैशाख ८ गते बन्द हुने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले न्युनतम ५० कित्ता देखि अधिकतम १५ सय कित्तासम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले १२ हजार कित्ता सेयर आफ्ना कर्मचारीका लागि छुट्याएको छ । साथै बिभिन्न म्युचल फण्डहरुका लागि १५ हजार कित्ता सेयर छुट्याइएको कम्पनीले जनाएको छ । यसको मतलब सर्वसाधारणले २ लाख ७३ हजार कित्ता सेयरका लागि मात्र आवेदन दिनेछन् ।

कम्पनीले इस्यु म्यानेजरका रुपमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ । आवेदन एनएमबि क्यापिटल, एनएमबि बैंकका बिभिन्न शाखाहरु र स्वदेशी लघुबित्त इटहरी र आस्वा सदस्य बैंकहरुबाट दिन सकिनेछ ।
आइपिओ पछि कम्पनीको हाल रहेको ७ करोड रुपैंयाँ चु्क्ता पूँजी बढेर १० करोड रुपैंयाँ पुग्नेछ ।

इटहरिमा प्रधान कार्यालय रहेको लघुबित्तले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म १ करोड ३५ लाख रुपैंयाँ खुद नाफा कमाएको छ । कम्पनीले सन् २०१४ को डिसेम्बर २४ देखि कारोबार शुरु गरेको थियो ।


क्लिकमान्डु