ज्योतिले भित्रायो मध्यपश्चिमको राप्तीभेरी विकास बैंकलाई




काठमाडौं । ज्योति विकास बैंकले मध्पश्चिमको राप्ती भेरी विकास बैंकलाई एक्वाएर गर्ने भएको छ ।

दाङ,बाँके र बर्दिया कार्यक्षेत्र भएको राप्तीभेरीलाई ज्वोतिले एक्वाएर गरेको हो । १:१ अनुपातमा हकप्रद दिन लागेको ज्वोतिको चुक्ता पुँजी राप्ती भेरीलाई भित्राएपछि २ अर्ब ३७ करोड पुग्ने बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बताए ।

‘ राष्ट्र बैंकले तोकेको समयभित्र चुक्ता पुँजी पुर्याउन कुनै समस्या छैन’,ज्ञवालीले क्लिकमाण्डूसँग भने ।

ज्योति विकास बैंकले राप्ती भेरी विकास बैंकलाई एक्विजेशन गर्नको लागि आज सम्झौता भएको छ ।


क्लिकमान्डु