दुई संस्थाको सेयर लिलामी भर्ने आज अन्तिम दिन




काठमाडौं । जनता बैंक र सगरमाथा फाइनान्सको सेयर लिलामी भर्ने आज अन्तिम दिन हो ।

जनता बैंकले ३ लाख ९६ हजार ५ सय २६ कित्ता संस्थापक सेयर तथा ३ लाख ७२ हजार २६ कित्ता साधारण सेयर लिलामी प्रक्रियाबाट बेच्न लागेको छ ।

यस्तै सगरमाथा फाइनान्सले ५ लाख ६६ हजार २ सय ७८ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री गर्न लागेको छ । जनता बैंकको सेयर एनसीएम मर्चेन्टबाट तथा सगरमाथा फाइनान्सको सगरमाथा फाइनान्सको केन्द्रीय कार्यालयबाट भर्न सकिने छ ।


क्लिकमान्डु