लक्ष्मी बैंकको हकप्रद लिन चैत १७ सम्म सेयर किन्नुपर्ने



काठमाडौं । लक्ष्मी बैंकले दिन लागेको सतप्रतिशत हकप्रदका लागि आगामी चैत १८ गते बुक क्लोज मिति तोकेको छ । हकप्रद सुरक्षित गर्न लगानीकर्ताले चैत १७ सम्म सेयर किनिसक्नुपर्नेछ ।

बैंकले सिद्धार्थ क्यापिटललाई इस्यु म्यानेजरका रुपमा नियुक्त गरेको छ ।

बैंकले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशतको हिसाबले ३ करोड १५ लाख ९० हजार ३ सय ३ कित्ता हकप्रद सेयर बिक्रि गर्न लागेको हो । बैकले यस अघि राष्ट्र बैंकले तोके बमोजिमको ८ अर्ब चुक्ता पूँजी पुर्याउने क्रममा दियालो बिकास बैंकलाई प्राप्ती गरिसकेको छ ।

बैंकले अघिल्लो आर्थिक बर्षको नाफाबाट घोषणा गरेको १८।२९ प्रतिशत बोनस सेयर हकप्रद पछि बितरण गरिने जानकारी दिएको छ । हकप्रद र बोनस सेयर पछि बैंकको चुक्ता पूँजी ७ अर्ब ४७ करोड रुपैंयाँ पुग्नेछ ।


क्लिकमान्डु