आहा चिल्ड बियर ! नेपाली खाने कि बिदेशी ?




काठमाडौं । एक जमाना थ्यो, क्षेत्री-बाहुनले मदिरा पियो भने उसको जातै जान्थ्यो । त्यसैले सामाजिक बहिस्कारमा परिने डरले क्षेत्री-बाहुनहरु मदिरा पिउन सक्दैन थे ।

केही दशक अघिसम्म गर्मी मौसम सुरु भएपछि पिँढीमा बसेर कलकल चिसो मोही पिइन्थ्यो ।

तर, अहिले त्यो जमाना बदलिएको छ । समाज यस्तो भइसकेको छ कि मदिरा नपिउनेलाई असामाजिकसम्म भन्न थालिएको छ ।

त्यसैले अचेल गर्मी मौसम सुरु भएपछि कलकल मोही पिउन छाडेर रेस्टुरेन्ट र बारमा बसेर चिसो (चिल्ड) बियर पिउन थालिएको छ, शहर-बजारतिर ।

भारत र चीनका अलावा नेपालमा युरोपबाट पनि बियरहरु आयात हुने गर्छन् । काठमाण्डौंका हुनेखानेहरुले युरोपियन बियर बढि रुचाउने गरेको रोशनको अनुभव छ ।

आर्थिक स्वतन्त्रता र सामाजिक स्वतन्त्रताको बढोत्तरीसँगै नेपालीहरुको संस्कृति फेरिएको छ । बाहुन क्षेत्रहरु पनि खुलेआम मदिरा पिउन थालेका छन् । स्त्रीहरुको मदिरा मोह पनि निकै उच्च छ । त्यसैले पछिल्ला वर्षहरुमा नेपालमा स्वदेशी र बिदेशी ब्राण्डका बियरहरु उत्पादन हुने र आयात गरिने क्रम बढ्न थालेको छ ।

काठमाण्डौंको मुटु अर्थात् दरबारमार्गको ग्रीनलाइन सेन्टर नामको मदिरा पसल चहार्दा मदिराको संस्कृतिका छनक देख्न पाइन्छ । त्यहाँ पाइने बिदेशी ब्राण्डका बियरहरुले नेपालीहरु माझ बियरले कमाउँदै गरेको लोकप्रियता प्रदर्शन गर्छ ।

नेपालमा आधा दर्जन बढी ब्राण्डका बियरहरु उत्पादन हुँदै आएका छन् । टुर्बग, कार्लसर्बग, नेपाल आइस, गोर्खा, मुस्ताङ नेपालमै उत्पादन हुने बियर हुन् ।

तर बियर पारखीहरु बढ्न थालेपछि ठूलो संख्यामा बियरको आयात हुने गरेको छ । ग्रीनलाइन नेपालकै ठूलो मदिरा पसल हो, जहाँ दर्जन बढी देशका भिन्नाभिन्नै ब्राण्डका बियरहरु पाइन्छन् ।

बिदेशी बियरहरुको लोकप्रियता यसैगरी बढ्दैगए निकट भविष्यमै बिदेशी ब्राण्डका बियर कम्पनीहरु नेपालमै ब्रुअरी खोल्न नआउलान भन्न सकिन्न ।

भारतीय पनि, चिनियाँ पनि

भारतबाट आयात हुने प्रमुख बियरहरु भनेको किङफिसर र गोवा किङ्गस हुन् । यी बियरहरु ३३० एमएलको क्यान वा बोतलमा खरिद गर्दा २३५ रुपैंयाँ पर्ने ग्रीनलाइनका सेल्स बिभागका रोशन गौतमले जानकारी दिए ।

चीनमा धेरै चर्चित बियर सिङ्टाओ पनि यहाँ पाइन्छ । ३५५ एमएल सिङ्टाओ बियरको ३०५ रुपैंयाँ पर्छ ।

‘पुस र माघमा बियरको माग सबैभन्दा कम हुन्छ’, गौतमले क्लिकमाण्डूसँग भने, ‘अब चैत लागेसँगै बिस्तरै गर्मी सुरु हुन थालको हुनाले बियरको माग पनि बढ्न थालेको छ ।’

युरोपियन हाइक्लासको बियर

भारत र चीनका अलावा नेपालमा युरोपबाट पनि बियरहरु आयात हुने गर्छन् । काठमाण्डौंका हुनेखानेहरुले युरोपियन बियर बढि रुचाउने गरेको रोशनको अनुभव छ ।

नेदरल्याण्डको हेनिकन सबैभन्दा चर्चित युरोपियन बियर हो । ३३० एमएल हेनिकन बियरको ३५० रुपैंयाँसम्म पर्छ ।
युरोपमा समेत बैभव र उच्चबर्ग चिनारीको रुपमा चिनिने इटालियन बियर पेरोनी पनि यहाँ उपलब्ध छ । यसका अलावा बेल्जियमको होइगार्डेन, जर्मनीको आएटिङगर, बेल्जियमको स्टेला आरट्वइस पनि नेपालमा निकै प्रचलित छन् ।

मेक्सिकोमा सबैभन्दा बढि रुचाइने बियर कोरोना एक्स्ट्राको ३५५ एमएलको बोतलको नेपालमा ३२५ रुपैंयाँ पर्छ । मेक्सिकोको छिमेकी अमेरिकाको बड्वेजर बियर पनि नेपालमा पाइन्छ । यो बियर ३५५ एमएलको २५० रुपैंयाँ पर्छ ।

जापानदेखि सिंगापुरका बियर

एसियाली राष्ट्र जापानको बिश्व चर्चित बियर आसाही, सिङ्गापुरको टाइगर, थाइल्याण्डको सिङ्गा जस्ता बियरका पारखीहरु पनि नेपालमा भेटिन्छन् ।

‘प्राय बिदेशमा बसेर त्यहाँका बियरको स्वाद चाखेकाहरु र बिदेश ओहरदोहर गरिरहनेहरुले बिदेशी ब्राण्डका बियरहरु खोज्ने गर्छन्,’ उनले भने ।

बिदेशी बियरहरुको लोकप्रियता यसैगरी बढ्दैगए निकट भविष्यमै बिदेशी ब्राण्डका बियर कम्पनीहरु नेपालमै ब्रुअरी खोल्न नआउलान भन्न सकिन्न ।


पुष्प दुलाल