नेप्सेले थप तीन बैंकलाई क्लियरिङ सदस्यमा छनोट गर्यो



काठमाडौं । नेप्सेको संचालक समितिले तय गरेको मापदण्डको आधारमा सिडिएस एण्ड क्लियरिङ लि. ले नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक र प्रभु बैंकलाई क्लियरिङ बैंकका रुपमा छनोट गरेको छ ।

थप तीनवटा क्लियरिङ बैंक नियुक्त गर्न सिडिएस एण्ड क्लियरिङ लि. ले सूचना प्रकाशित गरेकोमा सानिमा बैंक, बैंक अफ काठमाण्डौं, नबिल, सिटिजन्स, प्रभु, एनआइसी एशिया, नेपाल इन्भेष्टमेन्ट, सिद्धार्थ, स्ट्यान्डर्ड चार्टर्ड, सनराइज, एभरेष्ट र एनबी बैंकले आशयपत्र पेश गरेका थिए ।

यसबाट धितोपत्र लगानीकर्ता लगायत सरोकारवालाले धितोपत्र कारोबार, राफसाफ तथा फछ्र्यौटमा थप सहजता प्राप्त गर्ने बिश्वास लिइएको छ ।


क्लिकमान्डु