मोरङमा चौंध हजारभन्दा बढी मतदाता थपिए



विराटनगर । मोरङमा चौंध हजारभन्दा बढी मतदाता थपिएका छ । यस जिल्लाको ५० गाविस र ८ नगरपालिकाको १ सय ५५ इकाइबाट १४ हजार ३ सय ७४ मतदाता थपिएको क्षेत्रीय निर्वाचन कार्यालय, विराटनगरले जनाएको छ ।

मोरङको वयरवन गाविसमा सबैभन्दा बढी ६ सय ७ जना नयाँ मतदाता र उर्लाबारी नगरपालिका– ७ मा एकजना पनि नयाँ मतदाता नथपिएको सो कार्यालयले जनाएको छ ।

क्षेत्रीय निर्वाचन कार्यालयबाट मतदाता नामावली सङ्कलनका लागि १ सय ५५ इकाइ अर्थात वडामा टोली खटिएका थिए ।

मतदाता सङ्कलन गत सोमबारदेखि बन्द भइसकेको र अब फागुन १७ गतेदेखि २० गतेसम्म नाम सच्च्याउन, दाबी विरोध गर्नका लागि मतदाताको नामावली क्षेत्रीय कार्यालय, विराटनगरमा सार्वजनिक गरिने र २१ गते अन्तिम नामावली सार्वजनिक गर्ने सो कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी दिए।


क्लिकमान्डु