राजस्व परिचालनमा अर्थमन्त्री महराका १४ चुनौति



काठमाडौं । राजस्व परिचालन कुनै पनि अर्थमन्त्रीका लागि सहज विषय होइन । त्यसमा पनि अर्थतन्त्रसँग अभ्यस्त नभएका अर्थमन्त्रीहरुका लागि त राजस्व परिचालन निकै चुनौतिपूर्ण विषय पनि हो ।

अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार चालू आर्थिक वर्षको बजेटको पुस मसान्तसम्मको मध्यावधी समिक्षा गरेका छन् । समिक्षामा महराले राजस्व परिचालनमा १२ वटा चुनौति देखिएको उल्लेख गरेका छन् ।

१, आर्थिक क्रियाकलापमैत्री कर प्रणालीको कार्यान्वयनबाट कर अर्थतन्त्रलाई गतिशिल बनाउने ।

२, आर्थिक क्रियाकलाप विस्तार र लगानी उत्प्रेरित गर्नेगरी राजस्व नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने ।

३, कर कानूनहरुको प्रभावकारी कार्यान्वयनमार्फत् स्वेच्छिक कर सहभागितामार्फत् कर राजस्वमा अभिवृद्धि ल्याउने ।

४, न्यून आर्थिक वृद्धिदर, बढ्दो व्यापारघाटा असन्तुलन, पुँजीगत खर्चको न्यूनताजस्ता समष्टिगत आर्थिक संरचनामा सुधार ल्याउने ।

५, संघीयता र संविधानको कार्यान्वयन र अन्तराष्ट्रियस्तरमा गरिएका प्रतिवद्धताहरुको पालना गर्न आन्तरिक स्रोतको परिचालन गर्ने ।

६, करि नीति र कर सहभागितामा रहेको अन्तर घटाउने ।

७, अनौपचारिक अर्थतन्त्रलाई करको दायरामा ल्याई बैद्य अर्थतन्त्रलाई प्रोत्साहन गर्ने ।

८, प्रसाशनिक तथा कर सहभागिता लागत घटाउँदै स्वेच्छिक कर सहभागिता प्रवद्र्धन गर्ने ।

९, विद्युतीय माध्यममा आधारित स्वचालित कर प्रणालीको विकास गर्ने ।

१०, अन्तराष्ट्रिय व्यापारमा आधारित कर माथिको निर्भरता घटाउँदै आन्तरिक राजस्वको परिचालनलाई सुदृढ गर्ने ।

११, नयाँ आर्थिक क्रियाकलाप अनुकुल कर नीति र क्रियाकलापहरुको अन्तर मिलान गर्ने ।

१२, व्यापार सहजिकरण, संस्थागत क्षमतामा अभिवृद्धि र प्रक्रियागत सुधार गरी स्वेच्छिक कर परिचालनमा वृद्धि गर्ने ।

१३, संघीय वित्त प्रणालीको सहजिकरणका लागि कराधारको संरक्षण र आर्थिक पारदर्शितामा जोड दिने ।

१४, अवैद्य व्यापार-व्यवसायलाई निरुत्साहित गरी वैद्य व्यापारलाई प्रोत्साहन गर्न र व्यापार सहजिकरण गरी सामाजिक सुरक्षा तथा राजस्व संरक्षणको कार्य गर्ने ।


पुष्प दुलाल