नेप्से परिसूचक २५ अंकले बढ्दा कारोबार रकमपनि बढ्यो



काठमाडौं । गत साताभर ९१.३५ अंकले उक्लेको नेप्से परिसूचक यो साताको कारोबारको पहिलो दिन पनि २५.४८ अंकले बढेर १३६९.३३ अंकमा बन्द भएको छ ।  चुनावको मिति घोषणा र समग्र आर्थिक सूचाङ्क सकारात्मक रहेको समाचारहरु आएसँगै लगानीकर्तामा उत्साह छाएको छ ।

आइतबार १ सय ४४ कम्पनीका २० लाख ७७ हजार ५ सय ५६ कित्ता सेयर खरिद बिक्री भएका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दिएको जानकारी अनुसार बुधबार ६६ करोड ६५ लाख ८७ हजार रुपैयाँको कारोबार भएको छ ।

आज बैंकिङ समुहको उपसुचक १४.१९ अंकले, विकास बैंक समुहको उपसुचक २९.५४ अंकले बढेको छ । यस्तै जलविद्युत समुहको उपसुचक ५.३६ अंकले, फाइनान्स कम्पनी समुहको उपसुचक २०.८५ अंकले, बीमा कम्पनी समुहको उपसुचक २९५.९७ अंकले र अन्य समुहको उपसुचक २४.५८ अंकले बढेको छ ।

बजार खुलेपछि शुरुमा केहि घटेर निरन्तर बृद्धिको ट्रेन्डमा देखिएको बजारमा पनि होटेल र उत्पादन समूहको उपसूचक भने क्रमशः १९.२२ र ३.४९ अंकले घटेका छन् ।

बढेको बजारमा सबैभन्दा बढी एशियन लाइफ इन्स्योरेन्स कम्पनी, सानिमा माइ हाइड्रोपावर र नेको इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले १०÷१० प्रतिशतका दरले कमाएका छन् ।
राष्ट्रिय बिमा, एनबी इन्स्योरेन्स , वोमी माइक्रोफाइनान्स लगायत ११ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत भन्दा धेरै कमाएका छन् ।

यस्तै दिब्यश्वरी हाइड्रो पावरका लगानीकर्ताले १० प्रतिशतले गुमाएका छन् । आज बैक अफ काठमाण्डू लुम्बिनीको सबैभन्दा बढि ३ करोड १५ लाखको कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्स र प्रभु बैंकले क्रमशः ३ करोड १२ लाख र २ करोड ५७ लाखको कारोबार सहित बैक अफ काठमाण्डू लुम्बिनीलाई पछ्याएका छन् ।


क्लिकमान्डु