टेलिकममा १५५ र दुरसंचार प्राधिकरणमा २० जनालाई जागिर खुल्यो



काठमाडौं । टेलिकम क्षेत्रमा जागिर खुलेको छ । सरकारी लगानीको नेपाल टेलिकमले १ सय ५५ पद तथा टेलिकम क्षेत्रको नियामक निकाय दुरसंचार प्राधिकरणले २० पदमा आवेदन मागेका छन् ।

टेलिकमले खुल्लातर्फ ८९,आदिवासीमा २०,मधेशीमा १३,दलित ५ र अपांग २ ,पिछडिएको वर्गमा २ जनाको लागि आवेदन मागेको हो । टेलिकमले जुनियर टेक्नििसियन ३ तह देखि उप प्रवन्धक ९ तहसम्म आवेदन मागेको छ । आवेदन टेलिकमका कार्यालयबाट बुझाउन सकिने छ ।

टेलिकम क्षेत्रको नियामक निकाय दुरसंचार प्राधिकरणले विभिन्न पदमा गरेर २० जनाको आवेदन मागेको छ । प्राधिकरणले अधिकृत द्धितिय देखि सहायक प्रथमसम्मको लागि आवेदन मागेको हो । प्राधिकरणले प्रशासनदेखि इन्जिन्यिरसम्मको लागि आवेदन खुला गरेको छ । प्राधिकरणको जागिरका लागि आवेदन यसको कार्यालय कमलादीमा बुझाउन सकिने छ ।


क्लिकमान्डु