नेशनल लाइफ सहित चार संस्थाको बोनस सेयर सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा बुधवार नेशनल लाइफ इन्सुरेन्स,गण्डकी विकास बैंक,सहयोगी विकास र कन्काई विकास बैंकको बोनस सेयर सूचिकृत भएको छ ।

  नेप्सेले दिएको जानकारी अनुसार नेशनल लाइफको ३० लाख ५७ हजार ३७७.७ कित्ता,गण्डकी विकास बैकको १० लाख ९ सय ६२ कित्ता,सहयोगी विकास बैंकको ५ लाख ६७ हजार ३ सय ३९ कित्ता र कन्काई विकास बैंकको २ लाख ५० हजार कित्ता बोनस सेयर सूचिकृत भएको छ । 


क्लिकमान्डु