पर्यटक भित्र्याउन वायुसेवा निगम दुई वाइडबडी थप्दै




काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि एयरबस वाइडबडी ए ३३०–२०० खरिद गर्ने प्रक्रियाको अन्तिम चरणमा पुर्याएको छ ।

निगमले अमेरिकी कम्पनी एएआरसँग विमान खरीद सम्झौता आगामी मार्च महिनामासम्म गर्ने लक्ष्य लिएको छ । निगमले सोमबार पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो ।

निगमका नयाँ जहाजहरुले साउदीको दमाम, कोरियाको सिओल ,अष्ट्रेलियाको सिड्नी, जापानको टोकियोलगायका स्थानमा उडान गर्ने निगमका महाप्रबन्ध सुगरत्न कंशाकारले जानकारी दिए ।

‘निगमका जहाजहरु अहिले श्रमिक यात्रुहरुमा निर्भर रहेकोमा वाइड बडीको प्रवेशपछि पर्यटन क्षेत्रमा परिलक्षित रहने छ,’ कंशाकारले भने । निगमले वाइडबडी (जहाज) भित्र्याउनका लागि अमेरिकाको एएआर कम्पनीसँग साझेदारी पत्रमा हस्ताक्षर गरेकोे हो ।

निगमले २६ सेक्टेम्बर २०१६ मा तारिखमा ४५ दिने म्याद राखेर बोलपत्र आब्हान गरेको थियो । बोलपत्रमा ११ कम्पनीको सहभागिता रहेको थियो । त्यस मध्येमा अमेरिकी एएआर कम्पनीसँग सम्झौता गरेको थियो ।

सम्झौता अनुसार एएआर कम्पनीले निगमलाई दुई चरणमा दुई विमान उपलब्ध गराउने छ । विमान २ सय ८० सिट क्षमताको हुने छ, जसमा १६ सिट विजनेस क्लासको रहने कंशाकारले बताए ।

निगमलाई सो कम्पनीले ११ अर्ब ३५ करोड रुपैयाँ (१० करोड ४० लाख अमेरिकी डलर) मा जाहज उपलब्ध गराउने छ ।

यस अघि निगमले पोर्चुगिज एभिएसन कम्पनी हाइफ्लाईसँग एयरबससँग खरिद प्रकृया अगाडी बढाएकोे थियो । तर, हाइफ्लाई कम्पनी ऋणमा गएपछि जहाज किन्न नसक्ने भयो र, त्यो विमानलाई एएआरले सकारेर नेपाल एयरलाइन्सलाई बेच्न लागेको छ ।

एएआरसँग सम्झैता हुनुपूर्व वाइडबढी खरिदका लागि निगमले २ अर्ब २५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको थियो ।


क्लिकमान्डु