हल्लाको पछि लाग्नुभन्दा बुझेर लगानी गरौं, यो उत्तम समय हो



पछिल्ला केहि दिनमा नेपालको एकमात्र सेयर बजार नेप्सेमा केहि उतारचढाव देखिएका छन् । एकातिर तत्कालको तरलता अभावका कारण बैंकिङ प्रणलीमा आएको असहजताका कारण लगानीकर्ता आत्तीएका छन् भने अर्कोतिर अनलाइन ट्रेडिङ लगायतका नेपाली पूँजी बजारमा हुन लागेका दीर्घकालीन सुधारका कारण आशावादी पनि देखिएका छन् । एकै हप्तामा कुनै दिन बजार ६५ अंकले घट्नु र कुनै दिन ६३ अंकले बढ्नु यसैको उदाहरण हो ।

कसैले पनि बजारमा चल्ने हल्लाका आधारमा पैसा कमाएको इतिहास छैन । यहि कुरालाई अनुभवी लगानीकर्ताले भनेका छन्, अरु डराएको बेला आफु हौसनु, अरु हौसेका बेला आफु डराउनु ।

यस्तो उतारचढावको अवस्थामा धैर्य गर्नु, समय लिएर निर्णय गर्नु र भावनात्मक रुपमा आफुलाई सन्तु्लित राख्नु महत्वपूर्ण हुन्छ ।

कसैले पनि बजारमा चल्ने हल्लाका आधारमा पैसा कमाएको इतिहास छैन । यहि कुरालाई अनुभवी लगानीकर्ताले भनेका छन्, अरु डराएको बेला आफु हौसनु, अरु हौसेका बेला आफु डराउनु । ‘अरु’ पनि वा ‘आफु’ पनि तपाईं हामी नै हौं, बाहिरीया कोहि छैन । तर, भन्न खोजेको के मात्र हो भने, सुझबुझ पुर्ण निर्णय गरौं ।

आम लगानीकर्ताले बुझ्नै पर्ने कुरा के हो भने तत्कालका लागि हल्ला, बजार पूर्बाधार (उदाहरणको लागि अनलाइन ट्रेडिङ), राजनीतिक अवस्था लगायतले बजारलाई प्रभाव पारे पनि दीर्घकालीन रुपमा तपाईंको लगानीलाई प्रभाव पार्ने भनेको तपाईंले लगानी गरेको कम्पनीले नै हो ।

यदि तपाईंले अहिलेको गिरावटमा बलियो ब्यालेन्स सिट भएको, निरन्तर आम्दानी बढाउदैं लगेको कम्पनी भेट्नु भयो भने बजारको साधारण उतारचढावले तपाईंको कम्पनीको ‘भ्यालु’ लाई केहि फरक पार्दैन । अझ भन्नुपर्दा बेलाबेलामा आउने यस्ता उतारचढाव त राम्रो कम्पनीको सेयर बटुल्ने अवसर पो हो ।

लगानीकर्ताले यस्तो उतारचढावको बेला ‘महत्वपूर्ण र सहजै उपलब्ध हुने सुचना’ का आधारमा निर्णय गर्नुपर्छ । बजारमा अहिले मानिसहरु ‘महत्वपूर्ण, तर सहजै उपलब्ध नहुने सुचना’मा भर परिरहेका छन् । बिभिन्न स्रोतहरुबाट आउने ‘टिप’का आधारमा लगानी गर्दा लगानी डुब्ने धेरै खतरा हुन्छ । राम्रो कम्पनी छानेर दीर्घकालीन लगानी गरे कुनै ‘टिप’ को आवश्यकतानै पर्दैन ।

बजार तत्कालीन समयमा सामान्यतः तर्कसंगत हुँदैन । बजारमा चल्ने हल्लाको पछि लाग्दै हामी तर्कसंगत नभएका कुरालाई तर्कसंगत मान्दै आइरहेका छौं । सेयरबजारमा तर्कसंगतको सूचक बिस्तारै दीर्घकालमा बढ्दै जाने हो ।

‘हामीले हल्लालाई चिर्यौ भने हिरा फेला पार्न सक्छौं’, भारतका ठूला लगानीकर्ता रामदेव अग्रवाल भन्छन् ।

अहिलेको समय भनेको दीर्घकालीन र्पोटफोलियो बनाउने समय हो । नेपालको आगामी ३÷४ बर्षको आर्थिक परिदृष्य राम्रो देखिन्छ । बजार बिकासको काम पनि राम्रै सँग अघि बढ्दैछ ।

यस्तो उतारचढावको बेला राम्रो कम्पनी छान्ने सुत्र भनेको कम्पनीको गुणवत्ता, बुद्धि र मुल्य हो ।

धेरै लगानी बजार तल आएको बेला गर्नुपर्छ । सामान्य लगानीकर्ता ठ्याक्कै उल्टो गर्ने गर्छन् । उनीहरु बजार माथि गएका बेला धेरै लगानी गर्छन् ।

गुणवत्ताको कुरा गर्दा कम्पनी तीन प्रकारका हुन्छन् । एकदम राम्रो, राम्रो र खराब ।

लगानीकर्ताको प्रमुख काम भनेको खराब कम्पनी खुट्याउनु नै हो, जसले बजारको करीब ९५ प्रतिशत हिस्सा ओगटेको हुन्छ । राम्रा कम्पनी छान्ने भनेको चाँही ब्यवस्थापनको क्षमता र रिर्टन अन इक्विटि (आरओइ) र कम्पनीको बृद्धिको आधारमा हो ।

लगानीकर्ताले ध्यान दिनु पर्ने अर्को कुरा के हो भने, लगानी गर्दा पिरामिड आकारको तरिकाले गर्नुपर्छ । अर्थात, धेरै लगानी बजार तल आएको बेला गर्नुपर्छ । सामान्य लगानीकर्ता ठ्याक्कै उल्टो गर्ने गर्छन् । उनीहरु बजार माथि गएका बेला धेरै लगानी गर्छन् ।

त्यसैले उपयुक्त कम्पनी छान्नजाने पिरामिड आकारको लगानी गर्ने उपयुक्त समय अहिले पनि हुनसक्छ ।


क्लिकमान्डु