अमेरिका र मेक्सिकोबीच यस्तो छ, ब्यापार र रोजगारको अबस्था




अमेरिका र मेक्सिकोको एकदम निकटको ब्यापारिक सम्बन्ध छ । सीमाको दुवैतर्फको लाखौं रोजगार यही ब्यापारिक सम्बन्धमा अडेको छ ।

राष्ट्रपतिको पदभार सम्हालेको एक हप्ता पनि नबित्दै डोनाल्ड ट्रम्पले अमेरिका र मेक्सिकोको सीमामा पर्खाल लगाउने कार्यकारी निर्देशनमा हस्ताक्षर गरिसकेका छन् । मेक्सिकोले पनि सो पर्खाल निमार्णको लागत ब्यहोर्ने ट्रम्पको दाबीमा मेक्सिकन राष्ट्रपति एन्रिके निटोले कडा जवाफ फर्काइसकेका छन् ।

ट्रम्पले पर्खाल लगाउन चाहनुको मूल उद्येश्य भनेको मेक्सिकोबाट गैरकानुनी ढंगले अमेरिका प्रवेश गर्ने आप्रवासीको नियन्त्रण नै हो । ‘नर्थ अमेरिकन फ्रि ट्रेड’ (नाफ्टा) नामको स्वतन्त्र ब्यापार सम्झौताले पनि अमेरिकी कामदारलाई नकारात्मक असर पारेको उनको बुझाई छ ।

अमेरिका र मेक्सिकोको ब्यापार
मेक्सिको अमेरिकाको ठूला ब्यापारिक साझेदार मध्येको एक हो । अमेरिका, क्यानडा र मेक्सिकोबीच भएको स्वतन्त्र ब्यापार सम्झौता (नाफ्टा) को लाभ दुवै देशले उठाइरहेका छन् । यसैले यी तीन देशकाबीच बस्तु र सेवाको स्वतन्त्र आवागमनमा सहजता ल्याएको छ । यो सम्झौताको बारेमा छलफलको शुरुवात जर्ज एच डब्लु बुसको रिपब्लिकन प्रशासनले शुरु गरेको थियो भने हस्ताक्षर उनका डेमोक््रयाटिक उत्तराधिकारी बिल क्लिन्टनले गरेका थिए ।

सन् २०१६ मा मेक्सिको अमेरिकाको भौतिक बस्तुको ब्यापारमा चीन र क्यानडा पछि तेस्रो ठूलो साझेदार (कुल ब्यापारको १४.५ प्रतिशत) रहेको थियो ।

राष्ट्रपति ट्रम्ले ‘अमेरिकी कामदारको उच्च मुल्याङ्कन’ हुने गरी नाफ्टाको पुनरावलोकन गर्न नसके सो सम्झौताबाट पछि हट्ने संकेत गरेका छन् ।

बिज्ञहरुले नाफ्टाबाट पछि हट्नु र दुई देशबीचको सम्बन्धमा चिसोपन आउनु ‘राम्रो नभएको’ बताएका छन् । ‘तपाईं नाफ्टाबाट पछि हट्न त सक्नुहुन्छ तर यसले दुवै देशको अर्थतन्त्रमा नकारात्मक असर पार्छ । अमेरिकी कम्पनीहरुले अर्बौं अर्ब डलर लगानी गरेका छन् र उनीहरु नाफ्टाकै कारणले आफ्नो लगानीबाट पछि हट्न सक्ने अवस्थामा छैनन्’ विल्सन सेन्टरमा अमेरिका मेक्सिको सम्बन्ध बिशेषज्ञ क््िरmस्टोफर विल्सनले एट्लान्टिकलाई बताए ।

रोजगारी
दुई देश बिचको ब्यापारले सृजना गरेको रोजगारी के हुन्छ त ? बिल्सन सेन्टरका अनुसार झण्डै ५० लाख अमेरिकी रोजगारी यी दुई देश बिचको ब्यापारमा निर्भर छ ।

अमेरिकी बाणिज्य बिभागका अनुसार सन् २०१४ मा मेक्सिकोस्थित अमेरिकी कम्पनीहरुका संम्बन्धनमा झण्डै १३ लाख मानिस काम गर्छन् । जसले २ सय ५३ दशमलव ४ अर्ब डलरको कारोबार गर्छन् ।

उता अमेरिकास्थित मेक्सिकन बहुराष्ट्रिय कम्पनीका संबन्धनहरुले ७७ हजार ८ सय जनालाई रोजगारी दिएका छन् । जुन अघिल्लो सालको तुलनामा ३.७ प्रतिशतले बढि हो । उनीहरुले ३२ दशमलव ८ अर्ब डलरको कारोबार गर्छन् ।

मेक्सिकन सरकारका अनुसार मेक्सिकोले कमाएको सम्पत्तिको ६३ प्रतिशत बाहिरी दुनिँयासँगको ब्यापारले गर्दा हो ।

अध्यागमन
राष्ट्रपति ट्रम्पले पर्खाल लगाउन चाहनुको आधारभुत लक्ष्य भनेको मेक्सिकोबाट आउने आप्रवासीहरुको नियन्त्रण हो । एक अध्ययनका अनुसार सन् २०१४ सम्म अमेरिकामा १ करोड ११ लाख अबैधानिक आप्रवासी छन् । जसमध्ये ५२ प्रतिशत अर्थात ५८ लाख मेक्सिकन हुन् । सन २००९ को ६४ लाख भन्दा भने यो संख्या कम हो ।

पर्खाल
अमेरिका र मेक्सिकोको सिमा ३२ सय किलोमिटर छ । यसको करीब एक तिहाई भाग भने अहिलेनै बिभिन्न अबरोधहरुले बन्द गरिएको छ । अब बाँकी भागमा पर्खाल लगाउन १५ देखि २५ अर्ब अमेरिकी डलर लाग्ने अनुमान छ ।

राष्ट्रपति ट्रम्प र मेक्सिकन राष्ट्रपति एन्रिके निटोको नयाँ ब्यापारिक सम्बन्धका बारे छलफल गर्न यसै जनवरीको अन्त्यमा भेटघाट तय भएको थियो । तर, ट्रम्पको मेक्सिकोले पनि सो पर्खाल निमार्णको खर्च बेहार्नुपर्ने भनाई सार्वजनिक भएपछि सो भेटघाट रद्द भएको छ । यद्यपि उनीहरु ‘निकै सौहार्दपूणर्’ बातावरणमा फोनमा बातचित भने गरिनै रहेका छन् ।

नाफ्टाको पुनरावलोकनसँगै दुई देशको ब्यापारीक भबिष्यलाई असर पर्ने देखिन्छ । अझ बिवादास्पद पर्खाल निमार्णको कुराले त झन आगोमा घ्यू थप्ने नै छ ।


क्लिकमान्डु