नाफाको आधारमा हिमालयन बैंक ६ महिनामै अर्बपति, लक्ष्मीको नाफा ४० करोड




काठमाडौं । हिमालयन बैंक चालु आर्थिक बर्षको दोस्रो त्रैमासमै अर्बपति क्लबमा छिरेको छ । बैंकले प्रकाशित गरेको दोस्रो त्रैमासिकसम्मको बित्तीय बिवरणमा १ अर्ब २ करोड रुपैंयाँ खुद नाफा कमाएको उल्लेख छ ।

ब्याज आम्दानीमा १६ प्रतिशत र संचालन नाफामा २६ प्रतिशतले बढोत्तरी गर्दै हिमालयन बैंक अर्बपति क्लबमा पसेको हो । अघिल्लो पुस मसान्तसम्म बैंकको नाफा ८० करोड रुपैयाँ थियो ।

बैंकले गत बर्षको पुसमा ४ अर्ब ४९ करोड रुपैयाँ रहेको चुक्ता पुँजीमा ४४ प्रतिशत बृद्धि गर्दै ६ अर्ब ४७ करोड पु¥याएको छ । बैंकको प्रतिसेयर आम्दानीमा भने १.४३ प्रतिशतको मात्र कमी आएको छ । हाल प्रतिसेयर आम्दानी ३५.१५ प्रतिशतमा कायम छ ।

बैंकले निष्कृय कर्जालाई ३.१६ प्रतिशतबाट ०.९४ मा झारेको छ ।

यस्तै लक्ष्मी बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिकसम्म ४० करोड खुद नाफा कमाएको छ । यो अघिल्लो पुसको ३२ करोडको तुलनामा करीब ९ प्रतिशतले बढि हो ।

बैंकले निक्षेपमा ३४ प्रतिशत र कर्जामा ३८ प्रतिशत बृद्धि गरेको छ भने ब्याज आम्दानी करीब २१ प्रतिशतले बढाएको छ । संचालन नाफा गत पुसको ४४ करोडबाट ४८ करोडमा पुगेको छ, जुन ९ प्रतिशतले बढि हो ।

बैंकले प्रतिसेयर आम्दानी गत पुसको १९.९६ बाट बढाएर २६.७४ पु¥याएको छ । तर, नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम चुक्त पुँजी ८ अर्ब पु¥याउने काममा भने बैंक ढिलो देखिएको छ । चुक्त पुँजी अघिल्लो बर्षको पुसमा झैं यो पुसमा पनि ३ अर्ब ३ करोडमा कायम छ ।

लक्ष्मी बैंकले पुँजी बढाएपछि प्रतिसेयर आम्दानीमा उल्लेख्य कमी आउने देखिन्छ । बैंकको निष्कृय कर्जा पनि गत पुसको १.१ को तुलनामा थोरै बढेर १.३१ प्रतिशत पुगेको छ ।


क्लिकमान्डु