दुई साता भित्रमा अनलाईन ट्रेडिङको सम्झौता हुने



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आफ्नो कारोवारलाई अनलाइन प्रक्रियामा जाने भएको छ ।

नेप्सेको अनलाइन ट्रेडिङ निर्माणको जिम्मा पाएको योको प्राइभेट लिमिटेडलाई १५ दिनभित्रमा खरिद सम्भौता गर्नका लागि पत्र पठाएको हो ।

नेप्सेले पठाएको पत्रमा योकोले १४ महिना भित्रमा अनलाइन प्रणाली निर्माण र जडान गरिसक्नु पर्ने बताइएको छ ।

यो प्रणाली प्रयोगमा आइसकेपछि लगानीकर्ताहरुले इन्टरनेटको माध्यमबाट सेयर किन्न र बेच्न सक्छन् । जसका लागि लगानीकर्ताहरुलाई ब्रोकर लग्इन आईडी उपलब्ध गराइन्छ ।

के हो अनलाइन ट्रेडिङ सिस्टम ?
सेयर खरिद बिक्रीका लागि इन्टरनेटको माध्यमबाट आदेश दिने प्रक्रिया नै अनलाइन ट्रेडिङ सिस्टम हो । यो सिस्टमको प्रयोगमा भइसकेपछि ब्रोकर कम्पनीमा गई आदेश दिनुपर्ने वाध्यता रहँदैन । इन्टरनेको माध्यमबाटै किन्न वा बेच्न खोजेको कम्पनी, सेयर संख्या र मूल्य निर्धारण गरेर आदेश दिन सकिन्छ ।

कसरी प्रयोग गर्ने
अनलाइन ट्रेडिङ सिस्टम प्रयोग गर्नका लागि प्रयोगकर्ताले ब्रोकर कम्पनीको युजर नेम र पासवर्ड प्रयोग गर्नुपर्दछ । यो सिस्टममा आफूले कारोबार गर्ने ब्रोकरको युजर नेम र पासवर्ड लगानीकर्तालाई दिइन्छ, अनि जुनसुकै स्थानबाट आदेश पोष्ट गर्न सक्छन् ।

जुन ब्रोकर कम्पनीको युजर नेम र पासवर्ड प्रयोग गरिएको छ, त्यही ब्रोकर कम्पनीलाई कमिसन भने बुझाउनुपर्दछ ।


क्लिकमान्डु