सिएनआइले भन्योः सिसिडी रेसियो ८५ प्रतिशत बनाऊ, सिआरआर १ प्रतिशत कम गर्नुपर्छ




काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआइ) ले मौद्रिक नीतिका ब्यवस्था परिर्बतन गर्न सार्बजनिक आग्रह गरेको छ । बजारमा तरलता अभाबले ठूलो समस्या सिर्जना गर्ने ठहर गर्दै सिएनआइले समाधानको लागि नीतिगत परिवर्तनको खाँचो ठहर्याएको हो ।

सिएनआइले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो । ‘बैंकहरुले कायम गर्नुपर्ने पूजी कर्जा निक्षेप (सिसिडी) अनुपात तरलताको अभाब रहुन्जेलसम्मको लागि ८० प्रतिशतबाट ८५ प्रतिशत बनाउनु पर्छ, यस्तै अनिवार्य नगद अनुपात (सिआरआर) पनि अहिलेको भन्दा कम्तिमा १ प्रतिशत घटाउनु पर्छ,’ सिएनआइले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अहिले बाणिज्य बैंकहरुले ६ प्रतिशत, विकास बैंकहरुले ५ प्रतिशत र फाइनान्स कम्पनीहरुले ४ प्रतिशत सिआरआर कायम गर्नुपर्छ ।

यस्तै सरकारको विकास प्रशासनको क्षमता बृद्धि गरी पूँजीगत खर्च गुणस्तरीय तबरबाट बढाउन पनि सिएनआइले आग्रह गरेको छ ।


क्लिकमान्डु