अमेरिकामा ट्रम्पयुग सुरु



अमेरिका । अमेरिकाको  राष्ट्रपतिमा डोनाल्ट ट्रम्पले आफ्नो कार्यभार समालेका छन् । प्रधानन्यायधीशबाट क्यापिटल हिलमा आयोजित विशेष कार्यक्रममा  सपथ लिए  सँगै अमेरिकामा ट्रम्प  युगको सुरुवात भएको हो ।

सपथका लागि ट्रम्प निवर्तमान राष्ट्रपति बाराक ओबामासँग एउटै गाडीमा बसेर क्यापिटल हिल आइपुगेका थिए । अमेरिकाको ४५ औ राष्ट्रपतिको रुपमा पद सम्माल्न आएका ट्रम्प अर्बपति ब्यापारी हुन् ।

चुनावी अभियानमा आप्रवासी र मुस्लिम समुदायप्रति आक्रमक रुपमा प्रस्तुत भएका ट्रम्पले कस्तो नीति लिने हुन् त्यो भने हेर्न बाकी रहेको छ । राष्ट्रपतिमा निर्वाचित भएपछि उनले रुससँग नजिक र चीनसँग टाढा हुने खालका अभिव्यक्ति दिएका छन् ।

उनले लिने नीतिको कारण अबको चार वर्ष विश्वको अर्थव्यवस्थामा प्रभाव पर्ने छ । ऐजेन्सी


क्लिकमान्डु