निजगढ बिमानस्थल निर्माण गर्न विकास समितिको दबाब




बारा । ब्यवस्थापिका संसदका बिकास समितिका सभापति रविन्द्र अधिकारीले राष्ट्रिय गौरवका आयोजना मध्ये दोस्रो अन्तर्राष्ट्रिय बिमानस्थल र काठमाण्डौं–तराई जोड्ने द्रुतमार्गलाई प्राथमिकतामा राखेर काम अघि बढाउन सरकारलाई दवाव दिइने बताएका छन् ।

बिमानस्थल र द्रुतमार्गमा भईरहेको ढिलासुस्ती अन्त्य गरी निर्माण कार्यलाई तिब्रता दिन माग गर्दै निजगढ सरोकार समितिले मंगलवार आयोजना गरेको दवावमुलक ¥याली र सभालाई सम्बोधन गर्दै सभापाति अधिकारीले संसदीय बिकास समितिले दुबै आयोजनाको काम अघि बढाउन सरकारलाई पटकपटक आग्रह गदैं आएको बताए ।

बिमानस्थल निर्माणका लागि कोरियन कम्पनीले तयार पारेको सर्भेको प्रतिवेदन खरिद गरेर भएपनि निर्माण प्रक्रिया अघि बढाउन समितिले सरकारको ध्यानाकर्षण गराएको अधिकारीको भनाई थियो ।

उनले आफनो समितिको पहिलो एजेन्डा बनाएर काम गर्न निर्देश गरेको पनि बताए ।

राजनितिक अस्थिरताका कारण बिमानस्थल निर्माणमा ढिलासुस्ती भईरहेको भन्दै बिकासका काममा सबै दल र नेता एकतावद्ध भएर अघि बढनु पर्ने उनको भनाई थियो । बाराको टांगियावस्तीमा प्रस्तावित अन्तर्राष्ट्रिय बिमानस्थलले ठुलो सम्भावना बोकेको भन्दै सबै प्रतिबद्ध भएर अघि बढे देशको आर्थिक बिकासमा यसबाट ठुलो टेवा पुग्ने अधिकारीले बताएका छन् ।

संसदिय बिकास समितिको जिम्मेवारी सम्हालेलगत्तै बिमानस्थल निर्माण प्रक्रियालाई आफूले अघि बढाईरहेको भन्दै अधिकारीले बिमानस्थल आयोजनाको कार्यलय स्थापना र चार किल्ला छुट्याउने काम सम्पन्न गरेको बताए ।

बिमानस्थल निर्माणका लागि कोरियन कम्पनीले तयार पारेको सर्भेको प्रतिवेदन खरिद गरेर भएपनि निर्माण प्रक्रिया अघि बढाउन समितिले सरकारको ध्यानाकर्षण गराएको अधिकारीको भनाई थियो ।

प्रस्तावित बिमानस्थललाई देशकै मुख्य बिमानस्थलको रुपमा बिकास गर्न सकिने भन्दै अधिकारीले निर्माण र सञ्चालनपछि वर्तमान अवस्थामा देशले खेपिरहनुपरेको समस्याको पनि अन्त्य हुने अधिकारीले बताए । काठमाण्डौ भन्दा पनि बारामा प्रस्तावित बिमानस्थल अन्र्ताष्ट्रिय हब हुने अधिकारीले बताएका छन् ।

बजारमा प्रचार गरिएजस्तो दुई नम्बर प्रदेशको अवस्था कमजोर नभएको भन्दै अधिकारीले प्रस्तावित आयोजना निर्माण गर्न सकिए देशकै सबैभन्दा सबल प्रदेशको रुपमा स्थापित हुने बताए । द्रुतमार्गका लागि सरकारले १० अर्ब बजेट बिनियोजन गरिरहेको भन्दै अधिकारीले कस्तो प्रणालीमा निर्माण गर्ने भन्ने बिषयमा अध्ययन भईरहेको बताए ।

कार्यक्रममा बारा क्षेत्र नं. ६ का सांसद एवम् संसदीय सरोकार समितिका संयोजक पुरुषोत्तम पौडेलले बिकासका लागि जनताले स्थानिय स्तरबाट दिएको दवावलाई सरकारलाई सुन्नुपर्ने बताएका छन् ।

बिकासका लागि पटक पटक दवाव दिदापनि सरकारले वेवास्था गरिरहेको भन्दै पौडेलले तत्काल निर्माणका कामलाई गति दिन सरकारको ध्यानाकर्षण गराए । भ्रमको राजनिति गरेर जनता झुक्याउने भन्दा पनि देशको बिकास निर्माणमा प्रतिबद्ध हुन आग्रह गरे ।

कार्यक्रममा रौतहटका सदभासद रामकुमार भट्टराई, सर्लाहीका सांसद हरि उप्रेतीले पनि २ नम्बर प्रदेशमा प्रस्तावित आयोजनामध्ये बिमानस्थल र काठमाण्डौ–तराई जोडने द्रुतमार्ग निर्माणमा देखिएको जटिलता राजनितिक अस्थिरताकै उपज रहेको बताए ।

राजनितिक स्वार्थका दलहरु बित हुने विवादले बिकास कार्यलाई बाधा पु्र्याउन नहुने सभासदहरुको जोड थियो । कार्यक्रममा दोस्रो अन्तर्राष्ट्रिय बिमानस्थल आयोजनाका निर्देशक हरि अधिकारीले बिमानस्थल क्षेत्रभित्र पर्ने बस्ती स्थानान्तरण र मुआब्जाको प्रक्रिया अघि बढेको बताए ।

अधिकारीले बिमानस्थलका लागि प्रस्तावित क्षेत्रमध्ये ८७ प्रतिशत जंगल, सात प्रतिशत एैलानी जग्गामा बस्ती र बाकी क्षेत्रमा नम्बरी बसोबास रहेको भन्दै मुआब्जा र स्थानान्तरणको काम अन्तिम चरणमा पुगेको बताए ।

वातावरणिय प्रभाव मुल्यांकन समितिका संयोजक एवम् मानवशास्त्री डा. भानुभक्त तिमिल्सीनाले वातावरणिय प्रभाव र बस्ती स्थानान्तरणका बिषय निकै चुनौतीपूर्ण रहेको हुदा सुक्ष्म ढंगबाट अध्ययन गरिरहेको बताए ।

अध्ययन र अनुसन्धानपछि अहिले देखिएको अवरोधको दिर्घकालिन समाधानका निम्ति सरकारलाई प्रतिवेदन बुझाउने उनको भनाई थियो । कार्यक्रम सरोकार समुहका संयोजक एंव निजगढ गाविसका पुर्व अध्यक्ष एकबहादुर श्रेष्ठको अध्यक्षतमा भएको थियो ।


क्लिकमान्डु