जर्मनी पुगेर बाणिज्य मन्त्री थकालीले भने, घुम्नको लागी नेपाल संसारकै राम्रो ठाँउ




काठमाडौं । बाणिज्य मन्त्री रोमी गौचन थकाली जर्मनीको स्टुटगार्ट शहरमा आयोजना भइरहेको अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भएका छन् । शो मेलामा नेपालका उद्यमी व्यवसायी संघ संस्थाहरुले भाग लिएका छन् ।

मन्त्री थकालीले माघ ४ गते स्टुटगार्ट पर्यटन मेलामा राखिएको नेपाली पेभेलियनको अवलोकन गरेका छन् । उक्त प्रदर्शनी पश्चात् आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रममा मन्त्री थकालीले ‘शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मस्थल नेपाल प्राकृतिक तथा मानवनिर्मित दुवै सम्पदामा धनी भएको कारण नेपाल विश्वकै पर्यटकहरुका लागि आकर्षक गतन्व्यस्थल रहेको कुरामा राखेका थिए ।’

उनले नेपालको अनुपम हिमशृंखला, सुन्दर कलाकृति, रमाइला फाँट तथा वन्यजन्तु आरक्ष स्थलहरु एवं मिलनसार प्रकृतिका जनता जर्मनी मात्र नभएर संसारका सबै पर्यटकहरुका लागि विशेष आकर्षणका रहेको कुरा बताए ।

उनले जर्मनी र नेपाल पुरानो र भरपर्दाे मित्र भएको कुरामा जोड दिँदै जर्मनी र नेपालबीच आगामी दिनमा पर्यटन, सेवा तथा वस्तु व्यापार र लगानीका क्षेत्रमा थप सहयोग विस्तार गर्नुपर्ने तर्क गरेका थिए ।


क्लिकमान्डु