नेपाल बैंकको हकप्रद सेयर बिक्री प्रवन्धकमा सिभिल क्यापिटल



काठमाडौं।नेपाल बैंकले जारी गर्न लागेको हकप्रद सेयरका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल नियुक्त भएको छ । यससम्बन्धी सम्झौतामा बैंक प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाह तथा सिभिल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पराग बिष्टले हस्ताक्षर गरे ।

नेपाल बैंकको ५६ औं वार्षिक साधारणसभाले सेयरधनीका २३.७४ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।

बैंकले प्रतिसेयर १०० रुपैयाँका दरले १ करोड ५४ लाख ३१ हजार ८४० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ५० करोड रुपैयाँ छ भने हकप्रद सेयर निष्कासनपश्चात् बैंकको कुल चुक्ता पुँजी ८ अर्ब ४ करोड रुपैयाँ हुनेछ ।


क्लिकमान्डु